प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी माग

पोखरा । नेपाल प्रहरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गर्दै ठूलो संख्यामा निर्वाचन सुरक्षा जनशक्ति माग गरेको हो । भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले यही पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका अनुसार सार्वजनिक बिदाका दिन पनि दरखास्त लिने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यकाका ३ वटा जिल्ला प्रहरी परिसर र देशभरका सबै जिल्ला प्रहरी कार्यालयहरूबाट दरखास्त फारम लिन र बुझाउन सकिने छ । भर्नाका लागि साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकहरू योग्य हुने प्रहरीले जनाएको छ ।
निर्वाचन प्रहरीको छनोट प्रक्रिया आगामी माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । यसको अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिने र सफल उम्मेदवारहरूले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्ने तालिका सार्वजनिक गरिएको छ । लक्ष्मी सनराइज बैंक जस्ता वित्तीय संस्थाहरूको सेवा प्रवाह भइरहेकै समयमा सरकारी निकायले यसरी ठूलो संख्यामा अस्थायी रोजगारीको अवसर खुलाएको हो ।
भर्ना हुने निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको रहने छ । यस अवधिमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा प्राप्त गर्नेछन् । तलबका अतिरिक्त रासन र आउजाउका लागि थप ८४६ रुपैयाँ तयारी खर्च उपलब्ध गराइने प्रहरीले जनाएको छ । निर्वाचनका बेला खटिने ४ दिनका लागि दैनिक ३ सय रुपैयाँका दरले खाजा खर्च र पोसाकका लागि छुट्टै रकम समेत प्रहरी प्रधान कार्यालयले प्रदान गर्नेछ । फागुन २१ मा देशभर एकै चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा सरकारले यसअघि नै गरिसकेको छ ।










एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया