नेपाल प्रहरीका १० जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

समाधान संवाददाता २०८२ पुष २४ गते १०:१९


पोखरा । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिले बुधबार राति जनपद प्रहरी समूहतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

Advertisement

बढुवाका लागि सिफारिस हुनेहरूको पहिलो नम्बरमा राम प्रकाश शाह रहेका छन् । उनीसँगै एसपीहरू भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरालाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत दरबन्दी मिलान र थप गरी १० जनालाई बढुवा गरिएको हो । प्राविधिक समूहतर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीका २ वटा पदलाई जनपदतर्फ स्थानान्तरण गरिएको छ । त्यसैगरी मन्त्रिपरिषद्ले १ नयाँ दरबन्दी थप गर्ने निर्णय गरेपछि रिक्त पदहरूमा यी बढुवाहरू भएका हुन् ।

Advertisement

बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनका आधारमा यी नामहरू छनोट गरी सिफारिस गरेको जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया