कलामा ‘आर्ट इन हिमालय’

समाधान संवाददाता २०८२ पुष २५ गते ११:३०

पोखरा । पोखरामा बिहीबारदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

Advertisement


पोखरा ९ नयाँबजार स्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति राखिएका छन् । प्रदर्शनीमा ३३ जना नेपाली कलाकार तथा अमेरिका, अस्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका १५ जना विदेशी कलाकार सहभागी रहेको सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङले जानकारी दिए ।


बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने आयोजकल जनाएको छ । ७ देशका कलाकारका ७० वटा कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी नेपाली कलाकार र उनीहरूको सिर्जनालाई विश्वस्तरका कलाकारमाझ पु¥याउने माध्यम बन्ने अपेक्षा गरिएको छ । कलाकृति बिक्रीमा पनि राखिएकाले नेपाली कलाकारलाई आर्थिक लाभ पुग्ने आयोजको भनाइ छ ।

Advertisement


प्रदर्शनीमार्फत नेपाली तथा अन्तरराष्ट्रिय कलाकारबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुने र पोखरालाई कलाका माध्यमबाट विश्वसँग जोड्ने विश्वास गरिएको छ । प्रदर्शनीमा सहयोग गरिरहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले कला प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताएको छ । सोही अनुसार राजधानी र ठूला सहरमा सीमित ललितकला गतिविधिलाई विकेन्द्रित गर्ने प्रयास गरिरहेको प्रतिष्ठानले जनाएको छ ।


चित्रकलालाई व्यावसायिक रुपमा सफल विधा मान्दै नयाँ पुस्तालाई ललितकला अध्ययनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । आयोजक सिर्जनशील कलाकार समूह, पोखराका अनुसार दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुनेछ, जसमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारको सहभागिता रहनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया