‘स्पेसियल अवार्ड’ वापतको १ लाख रुपैयाँ सहारा र एलजीलाई प्रदान

पोखरा । हङकङलाई कर्मथलो बनाउँदै आएका तेक्वान्दोका नवौं डान तुल्सीकुमार गुरुङले पल्सर स्पोट्र्स अवार्डवापत प्राप्त गरेको नगद पुरस्कार पोखराका २ फुटबल क्लबलाई प्रदान गरेका छन् । २२औं एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड–२०८१ मा ‘स्पेसियल अवार्ड’ बाट सम्मानित गुरुङले पुरस्कारबाट पाएको १ लाख रुपैयाँ सहारा क्लब र एलजी एसोसिएसनलाई दिएका हुन् ।
उनले बिहीबार पोखरामा आयोजित कार्यक्रमका बीच दुवै क्लबलाई ५०–५० हजार रुपैयाँ हस्तान्तरण गरे । गुरुङले सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई आसन्न २५औं आहा रारा पोखरा गोल्डकप सञ्चालनार्थ ५० हजार रुपैयाँ प्रदान गरे । पहिलोपटक लिगमा प्रतिनिधित्व गर्न सफल एलजी एशोसिएसनका अध्यक्ष डम्बरजङ गुरुङलाई पनि ५० हजार रुपैयाँ हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गर्दै स्पेसियल अवार्ड विजेता तथा समाजसेवी गुरुङले पोखराको फुटबल विकासमा दुवै क्लबको योगदान महत्त्वपूर्ण रहेकाले थप उत्साह जगाउन आफूले सो रकम उपलब्ध गराएको बताए ।
उनले भने, ‘तपाईं दुवै क्लब गण्डकीको शान हो । यहाँको फुटबल जोगाउन यहाँहरुले खेलेको भूमिका प्रशंसनीय छ ।’ गुरुङले दुवै क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित हुने गरी फुटबलको क्षेत्रमा अघि बढ्न सुझावसमेत दिए । उनले थपे, ‘पोखरालाई फुटबलमार्फत विश्वमा चिनाउन भूमिका खेल्न म शुभकामना दिन चाहन्छु ।’
कार्यक्रममा सहयोग ग्रहण गर्दै सहारा क्लबका अध्यक्ष थापा र एलजीका अध्यक्ष गुरुङले आभार व्यक्त गरेका थिए । त्यस अवसरमा सहारा क्लबका सल्लाहकार सुनिल गुरुङ, पूर्वअध्यक्ष विक्रम थकाली, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, सहाराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, एलजी एसोसिएसनका प्रमुख प्रशिक्षक किरण श्रेष्ठलगायतको उपस्थिति थियो ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया