‘मृत्यु यस्तो हुनु हुँदैन’ २७ गतेसम्म चल्ने

समाधान संवाददाता २०८२ पुष २५ गते ११:४८

पोखरा । पोखरामा विहीबारदेखि नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन सुरु भएको छ । पद्माप्रेम थिएटरको तेस्रो प्रस्तुतिमा सावित्रा पाठक सबुले लेखेको यो नाटक पोखरा ४ गैह्रापाटन स्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा मञ्चन सुरु भएको हो ।

Advertisement


बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडामा आधारित नाटक पुस २७ गतेसम्म मञ्चन हुनेछ । पोखरा थिएटरका संस्थापक एवं निर्देशक पञ्चसुब्बा गुरुङका अनुसार ४ दिन मञ्चन हुने सो नाटक शनिबारबाहेक अन्य दिन दैनिक साँझ ५ बजे तथा शनिबार भने दिउँसो १ बजे र साँझ ५ बजे गरी २ सो मञ्चन हुनेछ ।


नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद), जय चापागाई, प्रतिमा गुरुङ लगायतको अभिनय रहेको छ । यसअघि ‘यो कस्तो महाभारत’ नाटक निर्देशन गरिसकेका पञ्चसुब्बा गुरुङको यो दोस्रो नाटक निर्देशन हो । यस नाटकमा उनलाई शीतला अधिकारीले सह–निर्देशकका रुपमा साथ दिएकी छन् ।

Advertisement


अहिलेको युवा र उनीहरुको अभिभावक केन्द्रीत यो नाटक पोखराको एउटी एकल आमाको संघर्षको कथा नाटकमा समेटिएको नाटक लेखिका सबु पाठकले बताइन् । नाटकमा छोराछोरीलाई सम्हाल्दा सम्हाल्दै पनि कसरी गलत बाटोमा जान्छन्, त्यो गलत बाटोले समाजमा कस्तो घटना निम्त्याउन सक्छ भन्ने देखाइएको उनले सुनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया