जानकी माविका विद्यार्थीलाई स्वेटर

पोखरा । चेतना महिला सीप विकास परियोजनाले जानकी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो स्वेटर वितरण गरेको छ । पोखरा १७ महतगौँडामा सञ्चालित सो विद्यालयका असहाय एवं विपन्न वर्गका २४ जना विद्यार्थीहरूलाई १३ हजार रुपैयाँ मूल्य बराबरको स्वेटर वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले विद्यार्थीहरुलाई स्वेटर वितरण गर्दै समाजका विपन्न र असहाय वर्गका विद्यार्थीको अध्ययन थलो सामुदायिक विद्यालय भएको बताए । सामुदायिक विद्यालयहरूले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारमा विशेष जोड दिँदै आएको उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले विभिन्न संघसंस्थाको सहयोगबाट विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र पोसाक उपलब्ध हुँदा उनीहरूलाई महत्वपूर्ण सहयोग पुगेको बताए । यस्ता सहयोगले विद्यार्थीको पढाइप्रति रुचि बढ्ने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा परियोजनाका संस्थापक तारा तिमिल्सिना र सञ्चालक पवित्रा तिमिल्सिनाले विद्यार्थीहरूलाई स्वेटर हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भीमप्रसाद रिजाल तथा शिक्षिकाहरु चन्दा तिमिल्सिना र सीता थापाले समेत विद्यार्थीहरूलाई स्वेटर वितरण गरे ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया