कालिका आविको ३६औं वार्षिकोत्सव

समाधान संवाददाता २०८२ पुष २५ गते १५:४७

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभुत विद्यालयको ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम भएको छ ।

Advertisement


कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले गरे । वडाध्यक्ष कार्कीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता बढाउनका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुनेमा जोड दिए ।
वडा क्षेत्रका शैक्षिक गतिविधिसँगै उनले विकास निर्माण लगायतका विषयमा जानकारी दिए ।


विद्यालयका प्रधानाध्यापक दोर्णराज सुवेदीले विद्यालयको समग्र शैक्षिक तथा आर्थिक अवस्थाकाे बारेमा बताए । विद्यालयको विभिन्न समयखण्डमा शिक्षासेवीहरुले गरेको योगदानका कारण विद्यालय यो अवस्थामा आइपुगेको उनकाे भनाइ छ ।

Advertisement


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङको सभापतित्व एवम् विद्यालयका शिक्षक/शिक्षिकाद्वय ओम थापा र निर्मला सुवेदीले सञ्चालन गरेको कार्यक्रममा स्वागत शिक्षिका देवी पुनले गरेका थिए ।


कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष अप्सरा थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य मोहनकुमार प्रधान, वडा शिक्षा समितिका सदस्य शिवजी लामिछाने, समाजसेवी शरणकुमार प्रधान, खेमराज अधिकारी लगायतले बोलेका थिए ।

Advertisement


कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती गरेका थिए । अभिभावकका खेल पनि सञ्चालन गरिएको थियो । उक्त अवसरमा विभिन्न कक्षामा उत्कृष्ट विद्यार्थीका साथै प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया