पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए

पोखरा ।
पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि छनोट गरिएको ल्याण्डफिल साइटलाई लिएर चर्किँदै गएको विवाद शुक्रबार हिंसात्मक मोडमा पुगेको छ । पोखरा ३३ पुँडिटारमा प्रस्तावित ल्याण्डफिल साइटको विरोधमा स्थानीयवासीले वडा कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला वडाध्यक्ष रामचन्द्र अधिकारीले हातमा खुकुरी लिएर तर्साएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थितिलाई थप उग्र बन्न नदिन प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिएको छ । त्यसक्रममा आक्रोशित प्रदर्शनकारीले वडाध्यक्षको निजी सवारीसाधनमा तोडफोड गरेका थिए भने आगजनीको प्रयाससमेत भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । वडाध्यक्ष बाकेर हिँड्न लागेको गाडीमा स्थानीयले ढुंगामुढासमेत गरेका थिए ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले वडाध्यक्षलाई सुरक्षा राखिएकाे जानकारी दिए । खुकुरी प्रदर्शन गरेको घटनाबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।








स्वतन्त्र पत्रकार कास्कीमा डिल्लीराम
पश्चिमाञ्चल क्याम्पसमा ‘पछ्याणः तेस्रो संस्करण’
प्याब्सनको स्थापना दिवसमा कास्कीमा सम्मान
सिर्जना कपमा भलिबलमा शान्त माविलाई दोहोरो उपाधि
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया