विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम

समाधान संवाददाता २०८२ पुष २५ गते १८:१४

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २ मा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा समाजसेवी रवीन्द्र बाटाजूको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति (विव्यस) पुनः गठन भएको छ ।

Advertisement


पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिवसमान प्रधानांगको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत सोमनाथ भण्डारीले सहजीकरण गरेका थिए । विद्यालयका अभिभावकहरूको पुस ४ गते सम्पन्न भेलाबाट सुरु भएको समिति गठन प्रक्रिया पुस २५ गते शुक्रबार टुंगिएको हो ।


नवगठित विव्यसको वडा प्रतिनिधिमा गौतम बिजुक्छे रहेका छन् भने सदस्यहरूमा सीतामाया वाइवा, मुना भुजेल के.सी, वसन्ती गिरी श्रेष्ठ, अग्नीप्रसाद भुसाल र लालुप्रसाद अधिकारी चयन भएका छन् । शिक्षक प्रतिनिधिमा हरिप्रसाद गौडेल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक वसन्तराज पाण्डे रहेका छन् ।

Advertisement

यस्तै, विद्यालयका अभिभावकहरूको पुस २४ गते सम्पन्न भेलाले समाजसेवी प्रेमबहादुर गुरुङको अध्यक्षतामा शिक्षक–अभिभावक संघ (शिअसं) पनि गठन गरेको छ । संघको सदस्यहरूमा सीता नेपाली बुढाथोकी, अच्युतराज शर्मा, विमला अधिकारी भण्डारी, विन्दु शर्मा पराजुली र हुमा कुमारी क्षेत्री रहेका छन् भने शिक्षक प्रतिनिधिमा विमला अधिकारी चयन भएकी छन् ।

शिक्षक–अभिभावक संघको पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र बाटाजू र प्रधानाध्यापक वसन्तराज पाण्डे रहने विद्यालयका शिक्षक दीपकप्रसाद तिवारीले जानकारी दिएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया