गण्डकीका कर्मचारीलाई एआई तालिम, सेवा प्रवाह छरितो बनाउने लक्ष्य

पर्वत । गण्डकी प्रदेशका उच्च पदस्थ कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम दिइएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पर्वतको कुश्मामा दुईदिने तालिम सम्पन्न भएको हो ।
सार्वजनिक सेवा प्रवाहमा नवीन प्रविधिको प्रयोग बढाउने लक्ष्यसहित पुस २४ र २५ गते तालिम सञ्चालन गरिएको थियो । तालिममा गण्डकी प्रदेशका प्रमुख सचिव, सचिव, उपसचिव तथा शाखा अधिकृत गरी ३८ जनाको सहभागिता थियो । सहभागीमध्ये ३३ पुरुष र ५ महिला थिए ।

तालिममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रोमकान्त पाण्डेले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए । उनले सार्वजनिक सेवामा एआईको प्रयोग, प्रम्प्ट इन्जिनियरिङ, विभिन्न एआई उपकरण र तिनको उपयोगिताबारे प्रशिक्षण दिएका थिए । साथै, एआईको नैतिक प्रयोगका विषयमा पनि विस्तृत छलफल र अभ्यास गराइएको थियो ।
सरकारी सेवामा एआईजस्तो नवीन प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन तालिमले सहयोग पुग्ने विश्वास प्रतिष्ठानले लिएको छ ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया