कवि गोविन्दराज विनोदी सम्मानित

समाधान संवाददाता २०८२ पुष २६ गते ६:२६

पोखरा । माधव वियोगी साहित्य पुरस्कार २०८२ बाट नवलपुर, गैंडाकोटका कवि गोविन्दराज विनोदी बिहीबार सम्मानित भएका छन् । महाकाव्यकार माधव वियोगीको जन्मदिवसका सन्दर्भमा गत कात्तिक २९ गते नै सो पुरस्कार प्रदान गरिने भनिएकोमा उनको उपस्थिति नभएकाले बिहीबार प्रदान गरिएको हो ।

Advertisement


पुरस्कार राशि २५ हजारसहित उनलाई सम्मान गरिएको हो । कार्यक्रममा वियोगीले नेपाली भाषा साहित्यमा विनोदीको विशेष योगदान रहेको जनाए । पुरस्कृत प्रतिभा विनोदीले आफूले गरेका सत्कर्मको फल स्वरूप यो पुरस्कारलाई लिएको भन्दै भावी दिनमा पनि आफू भाषा, साहित्यको विकासमा सक्रिय रही रहने प्रतिद्धता जनाए ।


कार्यक्रममा कवि शिव त्रिपाठीको जिन्दगीका सय टुक्रा नामक कृति सार्वजनिक गरिएको थियो भने शुभ शर्माले विनोदीद्वारा रचित कविता वाचन गरिन् । प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी कोषाध्षक्ष छन्दिका त्रिपाठी र सचिव शिव त्रिपाठीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया