सिर्जना कपमा भलिबलमा शान्त माविलाई दोहोरो उपाधि

पोखरा । सातौं सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता २०८२ को दोहोरो उपाधि पोखरा १८ भकुण्डेमा रहेको शान्त माविले रक्षा गरेको छ । गत वर्षसमेत दोहोरो उपाधि जितेको विद्यालयले यस वर्षको प्रतियोगिताको छात्र र छात्रा दुवैतर्फको उपाधि रक्षा गरेको हो ।
विद्यालय स्तरबाट खेलकुदको विकास गर्न सिर्जना विकास केन्द्र पोखराले भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको फाइनल खेलमा छात्रतर्फ शान्ता माविले गौरीशंकर मावि हेमजालाई २५–२०, २८–२६ ले पराजित गर्दा छात्रातर्फ कन्या मावि नदीपुरलाई २५–१४, २५–१६ ले पराजित गरेको कास्की भलिबलका उपाध्यक्ष लेखनाथ लम्सालले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ माछापुच्छ्रे माविले वीरेठाँटी माविलाई २५–१७, २५–१४ ले हराएको छ । छात्रातर्फ कालिकाले छोरेपाटन माविलाई २५–१२, २५–२१ ले पराजित गरी तेस्रो स्थान हात पारेका छन् । ‘नेपालको राष्ट्रिय खेल भलिबल, स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ ‘स्कुल–स्कुलमा भलिबल’ खेल प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको केन्द्रका अध्यक्ष चन्द्र गिरीले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेता छात्र र छात्रा टिमले समान नगद १ लाख, उपविजेताले ६० हजार तथा तेस्रो हुने टिमले समान नगद ३५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको केन्द्रका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक बालकृष्ण बरालले बताए ।
प्रतियोगितामा छात्र/छात्रातर्फ उत्कृष्ट खेलाडी शान्ता माविका समिर विक र अपेक्षा विकले समान नगद जनही ५ हजार प्राप्त गरे । छात्र/छात्रातर्फ शान्ता माविका दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । विधागत छात्रतर्फ उत्कृष्ट सर्भर गौरीशंकरका रोशन विक, उत्कृष्ट सेटर माछापुच्छ्रेका रोहन तामाङ, उत्कृष्ट स्पाइकर गौरीशंकरका रिजन विक, उत्कृष्ट ब्लकर माछापुच्छ्रेका निश्चल विक बने भने उत्कृष्ट लिबेरो माछापुच्छ्रेका ईश्वर तामाङ बन्न सफल रहे ।
विधागत छात्रातर्फ उत्कृष्ट सर्भर शान्ता माविकी पृथ्वी गाहा, उत्कृष्ट सेटर शान्ता माविकी सिर्जना श्रेष्ठ, उत्कृष्ट स्पाइकर कन्या माविकी सञ्जिता फगामी, उत्कृष्ट ब्लकरमा कालिकाकी सिर्जना दर्जी तथा उत्कृष्ट लिबेरोमा कालिकाकी स्मारिका राना विजेता भइन् । विधागततर्फ उत्कृष्ट भएका सबै खेलाडीले एक, एक थान बल प्राप्त गरे ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक प्रकाश बरालले विजेता टिम तथा खेलाडीलाई नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।
समापन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका निर्देशक सहसचिव नीतु गर्तौला, नागरिक मञ्च गण्डकी संयोजक विष्णुप्रसाद बराल, मञ्चका सदस्य खेमप्रसाद पौडेल, सामाजिक अभियान्ता भीमप्रसाद पौडल, सिर्जना विकास केन्द्रका अध्यक्ष केन्द्रका सल्लाहकार समितिका सभापति लीलाधर बराल, पूर्व अध्यक्ष मिनप्रसाद भट्टराई लगायतले बोलेका थिए ।
पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा ३ दिनसम्म भएको प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ ७ टिम गरी कुल २३ टिमले प्रतिस्पर्धा गरेका थिए । कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा जिल्ला भलिबल संघ कास्कीको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया