प्याब्सनको स्थापना दिवसमा कास्कीमा सम्मान

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३६ औं स्थापना दिवसको सन्दर्भमा प्याब्सन कास्कीले सदस्य विद्यालय, शिक्षक कर्मचारी, उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।
कार्यक्रममा स्थापनाको २५ वर्ष पूरा गरेका प्याब्सनमा आबद्ध विद्यालय, २० वर्ष सेवा अवधि पुगेका शिक्षक कर्मचारी र कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमले जानकारी दिए ।
कार्यक्रममा नयाँ सदस्यता लिएका विद्यालयलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको छ । संस्थागात सामाजिक उत्तरदायित्व अन्तर्गत प्याब्सन कास्कीले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पोखराको बच्चा वार्डको सौन्दर्यीकरणका लागि सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई रात्रिकालीन समयमा प्रयोग गर्ने ५ सय थान सुरक्षा बेल्ट प्रदान गरिएको छ । जेन्जी विद्रोहको क्रममा आगजनी तोडफोड भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीलाई समेत सहयोग प्रदान गरिएको अध्यक्ष गौतमले बताए ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले शिक्षा पढ्ने र पढाउने सवालमात्र नभएर मावनको जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले घोकन्तेभन्दा प्रयोगात्मक तथा व्यावहारिक शिक्षा आजको आवश्यकता भएको चर्चा गरे । ‘गुणस्तरीय र व्यावहारिक शिक्षामा निजी क्षेत्रका विद्यालयको समेत योगदान छ,’ उनले भने, ‘संस्थागत रुपमा सामाजिक उत्तरदायित्वको काम गर्न र गरिब तथा असाहयलाई छात्रवृत्तिको व्यवस्था गर्न आवश्यक छ ।’
उनले निजी विद्यालयमा पढेका विद्यार्थीले समेत पोखरा विश्वविद्यालयबाट छात्रवृत्ति पाएको जानकारी दिए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले २०४६ सालको राजनीतिक परिवर्तन पछि नेपालमा निजी विद्यालय हुर्कन र फस्टाएको अवसर पाएको बताए । नेपालको शैक्षिक उन्नयनमा निजी क्षेत्रको योगदान रहेको चर्चा गर्दै उनले शिक्षालाई समय सापेक्ष र गुणस्तरीय बनाउन ध्यान दिन आग्रह गरे ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले नेपालमा करिब ६ हजार निजी विद्यालय रहेको बताए । उनले समग्र विद्यार्थीमध्ये एक तिहाई विद्यार्थीले निजी विद्यालयमा पढ्ने जानकारी दिए । नेपालको शिक्षामा ६ अर्ब निजी क्षेत्रको लगानी रहेको उल्लेख गर्दै उनले निजी विद्यालयले ४ लाखलाई रोजगारी दिएको बताए । उनले अनावश्यक कर थोपर्नुभन्दा एकद्वार प्रणालीबाट करको व्यवस्था गर्न माग गरे ।
कार्यक्रममा एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, प्याब्सनका केन्द्रीय सल्लाहकार बीरबहादुर बुढाथोकी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) कास्की अध्यक्ष हेमन्त अधिकारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की अध्यक्ष दिवाकर जैसी, प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष विष्णु तिमिल्सिना, उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारी, सचिव सुरेन्द्रमानसिंह भण्डारी, निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) केन्द्रीय अध्यक्ष शिवलाल उपाध्याय, शिक्षक मुकेशकुमार अधिकारी लगायतले बोलेका थिए ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया