स्वतन्त्र पत्रकार कास्कीमा डिल्लीराम

समाधान संवाददाता २०८२ पुष २६ गते ६:४४

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन् । संघको शुक्रबार पोखरामा भएको सातौं अधिवेशनले काफ्लेको अध्यक्षतामा ९ सदस्यीय समिति चुनेको हो ।

Advertisement


उपाध्यक्षमा शिशिर उजाड, सचिव मदनराज जैसीं, सहसचिव रामकृष्ण अधिकारी र कोषाध्यक्षमा गणेशबज्र लामा चयन भए । सदस्यमा भोजराज उपाध्याय, दुर्गादेवी बास्तोला, मानबहादुर थापा र रामचन्द्र लामिछाने छन् । दुर्गाबहादुर शाह ‘बाबा’ संयोजकत्वमा शिवप्रसाद गौतम र अभिमन्युविक्रम राणा सदस्य रहेको निर्वाचन मण्डलले समिति चयन गर्न सहजीकरण गरेको हो ।


कार्यक्रममा मानव अधिकार संरक्षण मञ्च नेपालका पूर्वअध्यक्ष नवदत्त उपाध्याय ढुगांनाले हरेक क्षेत्रमा दलीय राजनीति प्रवेश गरेकाले राज्यका सबै निकाय कमजोर बन्न पुगेको बताए । उनले विषम परिस्थितिमा स्वतन्त्र पत्रकारको खबरदारी आवश्यक रहेको बताए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको स्पष्ट पारे । संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दलीय पत्रकारका कारण देशले बिभिन्न कालखण्डमा समस्या भोग्दै आएको बताए ।

Advertisement


संघ कास्की अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्मा, अग्रज पत्रकार नारायण कार्की लगायतले बोेलेका थिए ।


सभामा अध्यक्ष रानाभाटले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा केन्द्रीय पार्षद सागर कार्की, उपाध्यक्ष डिल्लीराम काफ्ले, सहसचिव शिशिर उजाड, निर्वाचन मण्डलका संयोजक दुर्गा शाह बाबा, सदस्य शिवप्रसाद गौतम, संघ कास्की पूर्व अध्यक्ष कृष्ण थापा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया