पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई

पोखरा । पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघले क्याम्पसको हालै सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाइ ज्ञापन गर्दै शुभकामना दिएको छ । शुक्रबार क्याम्पसमा भएको कार्यक्रममा संघले नवनिर्वाचित सञ्चालक समितिलाइ बधाई ज्ञापन गरिएको हो ।
केही दिनअघि भएको क्याम्पसको ३९ औं साधरणसभा तथा आठौं अधिवेशनले शिक्षासेवी शंकर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । कार्यक्रममा शिक्षासेवी प्राडा दिलबहादुर क्षेत्रीले क्याम्पसले अडिग र निरन्तर रुपमा आफ्नो कार्यसम्पादन गरिरहेको जनाए ।
क्याम्पसका सल्लाहकार शंकर देवकोटाले क्याम्पसले पछिल्ला क्रममा प्राप्त गरेको क्युएए लगायत बिभिन्न उपलब्धिहरुको श्रेय पूर्व सञ्चालन समितिसहित सबै प्राध्यापक तथा कर्मचारीलाई दिँदै क्याम्पसका प्रगतिलाई संरक्षण गर्नुपर्ने अझै ठूलो जिम्मेवारी नयाँ सञ्चालन समितिलाई रहेको औंल्याए ।
पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति भीमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुली, क्याम्पस आन्तरिक गुणस्तर सर्कल आइक्युएसी प्रमुख महेन्द्रप्रसाद रिमाल, प्राध्यापक संघका सचिव अनुपमणि अधिकारी, लाइब्रेरियन लक्ष्मी बास्तोला लगायतले बोलेका थिए ।









महिला उद्यमी संघ कास्कीको अध्यक्षमा एलिना बराल सर्वसम्मत
कास्कीकोटको सिद्ध बराह विद्यालयले एक वर्षसम्म हिरक जयन्ती मनाउने
कांग्रेसको विशेष महाधिवेशन आजबाट, गण्डकीद्वारा धर्म निरपेक्षता खारेजी र ‘कोर्स करेक्सन’ को प्रस्ताव
नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा किरणलाल श्रेष्ठ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया