महिला उद्यमी संघ कास्कीको अध्यक्षमा एलिना बराल सर्वसम्मत
समाधान संवाददाता
२०८२ पुष २७ गते ५:५३

पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीको अध्यक्षमा एलिना बराल सर्वसम्मत निर्वाचित भएकी छन् । पोखरामा बुधबार सम्पन्न संघको दशौं साधारण सभा तथा छैटौं अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित बराल यसअघि कार्यसमितिको प्रथम उपाध्यक्ष थिइन् ।
अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा बालकुमारी गुरुङ र द्वितीय उपाध्यक्षमा रुपा गुरुङ चयन भएका छन् । त्यस्तै, महासचिवमा वसन्ती खत्री र कोषाध्यक्षमा जमुना पराजुलीले जिम्मेवारी पाएका छन् ।
कार्यसमितिको सदस्यमा ऋतु घले र लक्ष्मी अधिकारी बास्तोला चयन भएका छन् । कार्यसमितिमा थप दुई जना सदस्य पछि मनोनीत गरिने निवर्तमान अध्यक्ष शारदा बराल (सरु) ले जानकारी दिइन् ।
सम्बन्धित








पोखरामा कार्यक्रम गर्दै मुस्ताङका स्कुल
दियालो सहकारीको सभा
नवआदर्श ३० वर्षमा
रेडक्रसको चित्रकला प्रतियोगिता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया