इन्डियन आइडल विजेता प्रशान्त तामाङको हृदयघातबाट निधन

समाधान संवाददाता २०८२ पुष २७ गते १२:०५

काठमाडौं ।  इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तथा चर्चित गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार हृदयघातका कारण उनको निधन भएको हो ।

Advertisement

चलचित्र निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेका छन् । पछिल्लो समय भारतको नयाँ दिल्लीमा बस्दै आएका तामाङको सोही स्थानमा निधन भएको बताइएको छ ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ सन् २००७ मा भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल सिजन–३’ को विजेता बनेपछि चर्चाको शिखरमा पुगेका थिए । उनको विजयले विश्वभरका नेपालीभाषीलाई एकताको सूत्रमा बाँधेको थियो ।

Advertisement

गायनसँगै तामाङले अभिनयमा पनि सक्रियता देखाएका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’ लगायतका सफल नेपाली चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुका साथै पार्श्व गायनमा पनि योगदान दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया