निष्प्रभको ‘याली’ आयो

पोखरा । नेपाली ग्रामीण कथाबाट फिजी टापुको डायस्पोरिक जीवनसम्म पुग्ने कथा कसरी जन्मिन्छ भनी देखाउने किताब बजारमा आएको छ । पोखरामा शनिबार भएको ‘बुकहिल बुकान्जा’मा लेखक निष्प्रभ सजीको यस्तो पुस्तक नयाँ उपन्यास ‘याली’ लोकार्पण भयो ।
साहित्यकार सरुभक्त र लेखकले पुस्तक विमोचन गरे । कार्यक्रममा उपन्यासमाथिको बहसमा सजीले आफ्नो लामो साहित्यिक यात्रा, ग्रामीण जीवन र प्रवासी अनुभव सुनाए । सजीले दोस्रो उपन्यास लेख्न ९ वर्ष लेखेको सुनाए ।
‘डार्लिङ हार्बर’ निस्कनुअघि मैले पहिले एउटा कथा तयार पारेको थिएँ । तर आख्याकारको रूपमा तयार भएपछि मैले सोचें कि के म आख्यान लेख्न सक्छु ? हामीले खोलामा गाईवस्तु चराउन जाँदा एउटा घर देख्यौं । त्यो घर एक्लै बाँचिरहेको थियो । मलाई लाग्यो–यो घर एक्लै कसरी बाँच्न सक्छ ? त्यसैबाट प्रश्न उठ्यो र कथा जन्मियो,’ सजीले भने ।
उनले बुबा हेटौडामा सिमेन्ट लिन जाँदा घरको मूल मान्छे हराउने अवस्था, कलकत्ता जाने चलन, वृद्धावस्थामा आश्रम अवस्था कसरी आयो भन्ने कुराको प्रश्नबाटै कथाहरु जन्मिएको सुनाए । ‘सिड्नीमा बस्दा मैले देखेको वृद्धावस्थामा आफ्ना परिवारबाट टाढा भएका मानिसको अवस्था, उनको चिसो शरीर, बिदा हुनु–यी सबै कुरा मेरो मनमा बसे । अनि मैले सोचें, यी कथाहरू किन नबाचेका हुन् ? यी कथाहरू मरे भन्ने लागेर नै मैले कथा लेखे,’ सजीले थपे ।
‘याली’ले ग्रामीण जीवन, प्रवासी अनुभव, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई एकसाथ प्रस्तुत गर्छ
उनले उपन्यासमा फिजी टापुमा बसेका नेपालीको डायस्पोरिक जीवनबारे पनि सुनाएका थिए । फिजीमा नयाँ उखुको खेती र चिनी उत्पादनका लागि सस्तो श्रम चाहियो । त्यस क्रममा उत्पीडितको कथा जटिल थियो । त्यसले पनि अर्को कथा बन्यो । ‘यो बिचमा महामारीका बाबजुद यी कथा लेखे । मेरो व्यक्तिगत कठिनाइ र पारिवारिक अनुभवले कथालाई अझ गहिरो बनायो,’ उनले भने ।
सजीले आफू ग्रामीण क्षेत्रमा हुर्केको र भैंसी चराउन र गोरु जुधाएर हुर्केको भएर कथा बनाउन सहिलो भएको सुनाए । ‘यसरी नै प्रश्न गर्दै जाँदा ‘डार्लिङ हार्बर’ जन्मियो, त्यसैगरी ‘याली’ पनि जन्मियो । म अस्टेलियामा पुगेपछि पनि साहित्यमा निरन्तरता दिएको हुँ । मैले आफैंलाई चिनाउने क्रममा सन् २०१० सालमा इजलासमा ‘लाहुरे’ प्रकाशित गरेँ र त्यसपछि मात्र म निष्प्रभ सजी भनेर चिनिए, त्योभन्दा अघि मैले आफ्नो परिचय लुकाएको थिएँ,’ सजीले भने ।
उपन्यासमा कलकत्ताबाट उखु खेतीका लागि पठाइने नेपालीको यात्रा मार्मिक रूपमा प्रस्तुत भएको सरुभक्तले सुनाए । उनले किताब पढेपछि पानी जहाजमा २–३ महिना यात्रा, बाटोमा हैजा, कठिनाइ–यी सबै कुरा थाहा पाएको सुनाए ।
सजीले आफू फिजी टापुमा बसेका नेपालीको जीवन, नयाँ उखुको खेती, चिनी उद्योगमा सस्तो श्रमको आवश्यकता र उत्पीडितको कथामै उपन्यासमा बनेको सुनाए । ‘डायस्पोरिक लेखनका लागि पात्रहरूको भेट, अनुभव र परिस्थिति अनिवार्य थियो । यही कारणले यो उपन्यास लेखिनु सम्भव भयो,’ उनले भने ।
‘याली’ले ग्रामीण जीवन, प्रवासी अनुभव, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई एकसाथ प्रस्तुत गरेको छ । लेखक निष्प्रभ सजीको यो दोस्रो उपन्यास ‘डार्लिङ हार्बर’पछि प्रकाशित पहिलो उपन्यासभन्दा अझ जटिल र समृद्ध कथासँग जोडिएको छ ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया