‘मजदूर निर्णायक ठाउँमा पुग्नुपर्छ’

पोखरा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तेस्रो गण्डकी प्रदेश अधिवेशन शनिबार भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटीका अध्यक्ष विनोद श्रेष्ठले राजनीतिक पार्टीको नेता हिसाबले काम गर्न मजदुरलाई निर्देशन दिए । लुकेर पार्टीको काम गर्ने होइन, मजदुरहरु खुला राजनीतिमा आउन पर्छ,’ उनले भने, ‘आगामी दिनमा कराउने, माग्ने ठाउँमा होइन, मजदुर निर्णय गर्ने ठाउँमा पुग्न आवश्यक छ ।’
उनले मजदुर राज्य चलाउनको लागि नीति बनाउने ठाउँमा पुग्ने पर्ने चर्चा गरे । पार्टीमा मजदुरको सदस्यता बढाएर हस्तक्षेपकारी भूमिका खेल्न सुझाव दिदै उनले जित्नको लागि आफैं अगाडि सर्नु पर्ने बताए । जेन्जी विद्रोहको राप र तापले मजदुरको सपनालाई जलाउने काम भएको आरोप लगाउदै अध्यक्ष श्रेष्ठले आन्दोलनको क्रममा उद्योग प्रतिष्ठानमा भएको आगजनी तोडफोड र लुटपाटका घटनाले हजारौ श्रमिकको रोजगारी गुमेको उल्लेख गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले राज्यका निकायले ध्यान नदिदा र महत्व नबुझेको कारण यातायात क्षेत्र भद्रगोल र असुरक्षित भएको आरोप लगाए । निजी क्षेत्रले यातायातमा १५ खर्बको लगानी गरेको जानकारी दिदै उनले सार्वजनिक सवारीलाई २० वर्षमा विस्थापित गर्ने सरकारको नीतिको कारण लगानी असुरक्षित दाबी गरे ।
राज्यका निकायले ध्यान नदिदा यातायात क्षेत्र भद्रगोल र असुरक्षित भएको दाबी
उनले सार्वजनिक सवारी साधनको प्रयोगकर्ता २५ लाख रहेको उल्लेख गर्दै उनले यातायात क्षेत्र अस्तव्यस्त हुँदा सर्वसाधारणले गुणस्तरीय र भरपर्दो सेवा नपाएको बताए । उनले सरकारले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्न ध्यान नदिएको गुनासो गरे ।
संविधानसभा सदस्य तथा संगठनका पूर्व केन्द्रीय अध्यक्ष चूडामणि जंगलीले सामाजिक सुरक्षा कोषमा अपेक्षा गरे अनुसार मजदुर तथा श्रम प्रतिष्ठान सूचीकृत हुन नसकेको बताए । संगठनलाई समय सापेक्ष रुपमा रुपान्तरण गर्न सुझाव दिदै उनले संगठनको नीति र कार्यशैलीमा सुधार आवश्यक रहेको चर्चा गरे ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले एमालेले श्रमिकको पक्षमा काम गरेको बताए । उनले आगामी दिनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाएको खण्डमा श्रमिकका पक्षमा नीति र कानुन बनाउन सकिने तर्क गरे । अधिवेशनको उद्घाटन समारोहमा सामाजिक सुरक्षा कोषमा आबद्ध भई मजदुरको भविष्य सबल र उज्ज्वल बनाउन सहयोग गर्ने पोखरेली ट्याक्सी सेवा प्रालि र नाइस नेपाल सर्बिसिङ सेन्टरलाई सम्मान गरिएको छ ।
‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार साई, महासंघका सचिव भानुभक्त बराल, महासंघका वर्गिय संयोवक प्रकाशमणि तिवारी, संगठनका उपमहासचिव विष्णु पराजुली, संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्री, संगठन वागमतीका उपाध्यक्ष बेदराज घिमिरे, गण्डकीका उपाध्यक्ष बेनीराज थिङ, सचिव नारायणप्रसाद रिमाल, नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल गण्डकीका सचिव तीर्थराज मगर, अखिल नेपाल मजदुर संघ गण्डकीका अध्यक्ष सूर्यभक्त पौडेल लगायतले बोलेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया