गाउँ विकासमा नयाँ नेतृत्व

पोखरा । पोखराको बाटुलेचौरमा रहेको गाउँ विकास समाज सहकारी संस्था लिमिटेडको अध्यक्षमा योगेन्द्रबहादुर बस्नेत चयन भएका छन् । सहकारीको शनिबार भएको १३ औं अधिवेशनले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
उपाध्यक्षमा बलबहादुर थापा, सचिव लक्ष्मी देवकोटा, कोषाध्यक्ष कुलबहादुर खत्री र सदस्यमा मनु बस्नेत, जगतबहादुर कार्की, शिवशोभा खड्का, दिलबहादुर बानियाँ र रामजी जिसी चयन भए । लेखा समिति संयोजकमा सुशील थापा र ऋण समिति संयोजकमा गोविन्दबहादुर थापा छन् ।
संयोजक चित्रबहादुर थापा, सदस्य सुशील बस्नेत र प्रकाश थापाको निर्वाचन समितिले सञ्चालक समिति चयन गरेको हो । सहकारीले उत्कृष्ट दैनिक बचतकर्ता यज्ञबहादुर बस्नेत, मासिक बचतकर्ता बाबुराम श्रेष्ठ र उत्कृष्ट कारोबारी अनिता गुरुङ सम्मानित भए ।सहकारीका सल्लाहकार दुर्गालाल श्रेष्ठ, सल्लाहकार दुर्गा केसी थापा, निर्वाचन समितिका संयोजक चित्रबहादुर थापा लगायतले उनीहरुलाई सम्मान गरे ।
संस्थाका अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी चित्रबहादुर थापा, मनु बस्नेत, उपाध्यक्ष सुशील बस्नेत, सचिव योगेन्द्रबहादुर बस्नेत लगायतले बोलेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया