रेडक्रसको चित्रकला प्रतियोगिता

समाधान संवाददाता २०८२ पुष २७ गते १३:२९

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले जिल्ला स्तरीय खुला चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । जुनियर रेडक्रस सर्कल महेन्द्र मावि (प्राविधिक धार–बाली विज्ञान) को व्यवस्थापनमा कास्कीका जुनियर सर्कलबीच प्रतियोगिता भएको हो । प्रतियोगितामा १५ वटा सर्कल विद्यार्थीले भाग लिएका थिए ।

Advertisement


विशेषगरी विद्यालयका बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै कलात्मक क्षमतालाई उजागर गर्नका लागि प्रतियोगिता सञ्चालन गरिएको रेडक्रस कास्कीका उपमन्त्री एवं संयोजक डिल्लीराम बरालले जानकारी दिए । उपमन्त्री बरालले रेडक्रस कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत जुनियर रेडक्रस सर्कलका विभिन्न गतिविधिहरू सञ्चालन गरेको बताए ।


उनले जुनियर तथा युवा समितिले समय सापेक्ष विषयमा प्रशिक्षण, प्रतियोगितात्मक कार्यक्रम, अन्तर सर्कल हातेमालो कार्यक्रम नियमित रूपमा गरेको जनाए । ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ भएको कार्यक्रमको समापनमामा पोखरा महानगरपालिका २० का वडाध्यक्ष गंगाबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पौडेल, प्रधानाध्यापक/संरक्षक बोधराज पौडेल, रेडक्रस सोसाइटी कास्कीका सदस्य श्रीकान्त पौडेल, कास्की शाखाका सूचना अधिकारी नवराज भण्डारी, नेपाल रेडक्रस सोसाइटी पोखरा २० उपशाखाका सभापति हिमबहादुर बस्नेत जुनियरका सर्कलका शिक्षक नायक राजाराम पौडेल, जुनियर रेडक्रस सर्कलका अध्यक्ष करुणा बास्तोला लगायतले जुनियर रेडक्रस सर्कलको भूमिकासँगै चित्रकला प्रतियोगिताबारे बोलेका थिए ।

Advertisement


प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने विद्यार्थीलाई युवा तथा जुनियर गोष्ठीमा पुरस्कार वितरण गर्ने कार्यक्रम छ । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया