नवआदर्श ३० वर्षमा

समाधान संवाददाता २०८२ पुष २७ गते १३:३२

पोखरा । पोखराको लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजको २९ औं साधारण सभा भएको छ । सभामा समाजका मानार्थ सदस्य एवं नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्यले समाजको विकास र रूपान्तरणका लागि सामाजिक संघ, संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

Advertisement


उनले यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा समाजले खेलेको भूमिका उल्लेखनीय रहेको बताए । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा भित्रको विकास, निर्माणका काममा स्थानीय संघ, संस्थासँग सहकार्य गरी अगाडि बढ्न वडा कार्यालय तयार रहेको बताए । उनले वडाभित्रका सामाजिक कार्यमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे ।


समाजका पूर्वअध्यक्ष नवीन भण्डारीले तीज महोत्सवलाई दीर्घकालीन रुपमा संचालन गर्न कोष स्थापना गरिएको बताउँदै त्यसले संस्कृति जर्गेनामा सहयोग पुर्‍याउने बताए । समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष रेश्मा शेरचन अधिकारी, सल्लाहकार रुद्र थापा, पूर्व सल्लाहकार तारा गर्बुजा लगायतले सामूहिक एकताबाट नै समाज विकास हुने धारणा राखे ।

Advertisement


सो अवसरमा तीज मेलामा सहयोग गर्ने विदेशी भगिनी संस्थाका सदस्यका अभिभावकलाई सम्मान गरिएको छ । सभाले अध्यक्ष भण्डारीको प्रतिवेदन, सचिव शोभा बानियाँको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुमाया बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भयो ।

Advertisement

तपाईको प्रतिक्रिया