कांग्रेसको विशेष महाधिवेशनमा गण्डकी प्रदेशका प्रतिनिधिको अग्रसरता

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अहिले राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ, जहाँ गण्डकी प्रदेशका प्रतिनिधिहरूको उपस्थिति सबैभन्दा उत्साहजनक देखिएको छ । महाधिवेशनमा एकातिर नेताहरूले सम्बोधन गर्ने क्रम चलिरहेको छ भने अर्कोतिर महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराउने कार्यलाई तीव्रता दिएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म गण्डकी प्रदेशका २५५ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराएर सहभागितामा अग्रता कायम गरेका छन् । गण्डकीपछि लुम्बिनी प्रदेशका प्रतिनिधिहरूको उपस्थिति पनि बाक्लो देखिएको छ । लुम्बिनीबाट २५० जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
महाधिवेशन आयोजक पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेको दाबी गरेको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरेमा मात्र पनि विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ ।
यद्यपि, गण्डकी र लुम्बिनीको तुलनामा सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट महाधिवेशन प्रतिनिधिको उपस्थिति भने निकै न्यून देखिएको छ । सुदूरपश्चिम प्रदेशबाट हालसम्म केबल १०२ जना प्रतिनिधिहरूले मात्रै आफ्नो नाम दर्ता गराएका छन् । त्यस्तै, कर्णाली प्रदेशका १११ जना प्रतिनिधिहरूले मात्र हालसम्म नाम दर्ता गराएको तथ्यांक छ । भृकुटीमण्डपमा प्रतिनिधिहरू दर्ता हुने र नेताहरूले मन्तव्य राख्ने क्रम अझै जारी छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया