निवन्धको उज्यालोमा रोशन शेरचन र भूपिन
‘जीवनलाई हौसला दिनु नै निबन्धको उज्यालो’

पोखरा । कवि भूपिन नियमितजसो नै कविता लेख्थे । पोखरेली सांस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार समता काव्य सन्ध्या गथ्र्याे । उक्त सन्ध्यामा भूपिन आफूले लेखेका कविता सुनाउँथे । कविता कस्तो लेख्ने ? काव्यलाई कसरी राम्रो बनाउने ? भनेर सोच्थे, कवि भूपिन ।
कवितामा रमाइरहेका रोशन शेरचन कविताबाट निबन्ध लेखनतिर भुल्न थालेका थिए । रोशनले कविता, कथासँगै निबन्ध पत्रपत्रिकामा प्रकाशित गर्न थाले । निबन्ध भनेपछि बेवास्ता गर्ने भूपिन निबन्ध पढ्न थालेका थिए । त्यतिबेलासम्म उनको रुचि कथा र कवितामा थियो । निबन्ध पढ्न थालेपछि भूपिनलाई लाग्यो – यो त गज्जवको विधा रैछ । ‘मलाई निबन्धमा ल्याउनका लागि कोही एकजनाले काम गरेको छ भने त्यो रोशन शेरचन हो,’ भूपिन भन्छन् । त्यसपछि भूपिन निबन्ध विधामा रमाउन थोले ।
उनै निबन्धकार भूपिनले आफ्नो निबन्धका आइडल रोशन शेरचनसँग पोखराका शनिबार मञ्च साट्ने अवसर पाए । बुकहिलको आयोजना र ¥यान्डम रिडर्स सोसाइटीको सहआयोजनामो बुकहिल बुकान्जाको ‘निबन्धको उज्यालो’ शीर्षकमा भूपिन रोशनसँग गाफिए ।
झन्डै तीन दशकदेखि लेखनमा सक्रिय निबन्धकार एवं कवि रोशनले निबन्धमा समाजमा भएको विभेदपूर्ण व्यवहारलाई मानविकिरण गरेर उर्जा प्रदान गर्नु नै उज्यालो हुने बताउँछन् । उनी भन्छन्, ‘समाजमा भएको जति पनि विभेदपूर्ण व्यवहार छ । त्यसलाई मानवीयकरण गर्ने जसले हामीलाई ऊर्जा दिन्छ । त्यसलाई पनि निबन्धको उज्यालो भनिन्छ होला ।’
जीवनमा अगाडि बढ्न हौसला दिनु पनि निबन्धको उज्यालो भएको रोशनको अनुभव छ । ‘जसले जीवनमा अगाडि बढ्न हौसला दिन्छ, ऊर्जा दिन्छ, लडेको बेला फेरि उठ भन्छ, भने त्यसलाई पनि उज्यालो भनिन्छ,’ उनले भने, ‘निबन्धमा यदि विवेकपूर्ण खालको विचार भएको छ भने, सुझिएको विचार आएको छ भने सायद त्यसलाई हामीले उज्यालो मान्न सक्छौं कि ।’
कवि, निवन्धकार तथा उपन्यासकार भूपिनले निबन्धको उज्यालोले प्रत्यक्ष संवादलाई ध्यान दिने बताउँछन् । ‘तपाईंले कथा लेख्नुभयो भने पात्रहरुमार्फत आफूले भन्न खोजेको कुरा प्रस्तुत गर्नुपर्छ । तर, यसमा चाहिँ तपाईंले प्रत्यक्ष संवाद गर्नुपर्छ,’ उनी भन्छन् ।
निबन्ध धेरै विषय र शैलीलाई प्रयोग गर्ने भूमि रहेको भूपिनको अनुभव छ । उनी भन्छन्, ‘निबन्ध विधा एकदमै धेरै विषय र शैलीहरुलाई प्रयोग गर्ने भूमि हो । मेरो विचारमा निबन्धमा जति प्रयोग सायद अरु विधामा गर्न सकिँदैन । प्रयोगको एकदमै उत्कृष्ट प्लेटफर्म भनेको निबन्ध हो ।’
नयाँ प्रवेशीलाई निबन्धले स्वागत गर्ने रोशन बताउँछन् । ‘नवप्रवेशीलाई निबन्धले एकदमै स्वागत गर्छ । किनभने यो यति फराकिलो छ । तपाईंले ठूलो स्पेस पाउनुहुन्छ,’ उनले भने । सबै गैह्रआख्यान निबन्ध नहुने निबन्धकार रोशनको अनुवभ छ । ‘प्रत्येक गैह्रआख्यान निबन्ध हुँदैन । अरुभन्दा खुला चाहिँ हुन्छ । नत्र प्राविधिक लेखनहरुलाई पनि निबन्ध भन्दे भयो नि । गैह्रआख्यान त हो नि । तथ्यहरु नै राखिएको हुन्छ,’ उनले भने, ‘त्यसकारण सचेतनाका पूर्वक स्वागत गर्नुपर्छ अरु विधाहरुलाई पनि ।’
धेरै भावुकताले निबन्धलाई मार्ने भूपिन बताउँछन् । उनी भन्छन्, ‘एकदमै भावुकताले पनि निबन्धलाई मार्छ जस्तो लाग्छ । त्यसकारण बच्यो भने बिन्दास निबन्ध लेख्नुस । लेख्न सकिन्छ जस्तो लाग्छ ।’
निबन्धकार रोशनले पठन यात्रा लेखन यात्राको अभिराज्य भएको बताए । ‘पठन यात्रा लेखन यात्राको अभिराज्य हो । केही नयाँ दिन आफुले नयाँ पहिचान नगरेसम्म दिन सकिँदैन नि त । त्यसपछि त अभ्यास पनि हो । लागिपरेपछि कुनै न कुनै पाठकको संवेदनालाई छुन्छ नि त । छोएपछि त सकिहाल्यो नि,’ उनले भने ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया