स्वको महागुगमा सरस्वती प्रतीक्षा र सीमा आभास
पुस्तक आवरण चित्रको स्पष्टीकरण दिनुपरेको ‘महायुग’

पोखरा ।
सीमा आभासले लेखेको पछिल्लो पुस्तक ‘महायुग’ को आवरण चित्रका बारेमा उनले स्पष्टीकरण नै दिनुपरेको छ । सचिन योगलले बनाएको महायुगको द्वार झल्काउने गरी बनाएको चित्र योनीमुद्रासँग मिल्न गएपछि पत्रकार, सामाजिक सञ्जाल (ट्विटर), पुस्तक वितरकलगायतमा चर्चाको विषय बनेपछि स्पष्टीकरण नै दिनुपरेको लेखिका अभास बताउँछिन् ।
बुकहिलको आयोजना र र्यान्ड्म रिडर्स सोसाइटीको सहआयोजनामा पोखरामा शनिबार भएको ‘बुकहिल बुकाञ्जा’ को दोस्रो सत्र ‘स्वको महायुग’ शीर्षकमा साहित्यकार सरस्वती प्रतीक्षाले सीमा आभासको पुस्तक महायुगमा आधारित रहेर भलाकुसारी गरिन् । सत्रको सुरुमै सरस्वतीले आवरण चित्रको प्रसंग कोट्याइन् । ‘महायुगको द्वार यस्तै (चित्र) किसिमको छ । चित्रमा नदी तरेको छ । नदी तरेर गएपछि फर्केर आउन सकिँदैन । धेरै तरेर जान नसकेका छन् । नदीमै हराउँछन् । ठाउँ ठाउँमा यस्तै आकारको छ,’ आवरण बारेमा स्पष्टीरकण दिद्रैं सीमा आभासले भनिन्, ‘मैले यो चित्र किन राखेको हुँ भने, यो सृष्टिको केन्द्र हो । स्त्रीहरुका लागि सबैभन्दा शक्ति मुद्रा भनेकै योनीमुद्रा हो । त्यस मैले स्त्रीहरुको शक्तिका विषयमा लेखेको हुनाले यो चित्र राखेको हुँ ।’ यसभन्दा अघिको कविता संग्रहमा ‘आइमाई’ शब्द राख्दा पनि स्पष्टीकरण दिनुपरेको सम्झदै अहिलेको कृतिमा पनि महिला शक्ति प्रस्तुत गर्न खोजिएको उनले दोहार्याइन् ।
पुस्तकमा पूर्वीय दर्शनमा टेकेर महिलाहरुको सम्मान पूर्वक अस्तित्व खोजिएको लेखिका सीमाले बताइन् । ‘यसमा आफूलाई कस्तो इच्छा लाग्छ त्यस्तो खालको पुरुष ब्युताइएको छ । यसमा हाम्रोमा जुन पूर्वीय दर्शन छ । त्यो दर्शनलाई नै टेकेर अगाडि बढेको हुँ,’ उनले भनिन्, ‘यसमा खासगरी महिलाहरुको सम्मान पूर्वक अस्तित्व खोजेको छु ।’
पुस्तकका पात्रहरुको नाम लेखकले विशेष महत्व राख्दै मेहनतका साथ राखिएको लेखिका सीमा बताउँछिन् । ‘कुनै नाटकमा सुन्तली, कान्छी टाइपका नाम राखिन्छ । हामी स्त्रीलाई पात्र बनाउँदा सस्तो खालको नाम बनाइन्छ,’ उनले भनीन्, ‘नामले पनि एउटा व्यक्तिको व्याक्तित्व निर्धारण गर्छ । त्यसैले मैले किन एकदमै राम्रो नाम किन निर्माण नगर्ने भनेर राखेको हुँ ।’ अर्थ बोकेको नाम र नामले शोभा दिएका कारण पुस्तकका पात्रको नामबाट आफू सन्तुष्ट रहेको उनले बताइन् ।
साहित्यकार सरस्वती प्रतीक्षाले महायुग सामाजिक यथार्थ र लेखकको स्वैरकल्पनामा रहेको बताइन् । सोहीकारण महायुगमा मिश्रित प्रतिक्रिया भेटिन् प्रतीक्षले सुनाइन् । ‘नेपाली साहित्य यथार्थवाद र स्वैरकल्पनाका बीचमा द्वन्द्व पनि छन् । जो स्वैरकल्पना मन पराउनेहरुले यथार्थबादीले लेखेको पुस्तकलाई सबै पुरानै न हो भन्छन अनि यथार्थबादीले स्वैरकल्पनीकहरुलाई सबै उडन्ते कुरा लेख्छ भन्छ,’ उनले भनिन्, ‘जब सीमाजीको किताब आयो अनि मिश्रित प्रतिक्रिया आइरहेको देखेको छु । कतिपयले २ वटा किताब नबनाएर किन एउटा बनाएको होला भन्ने पनि प्रतिक्रिया आएको छ ।’
लेखिका सीमा पनि पहिलो खण्डमा आम मान्छेको दुख र दोस्रो खण्डमा आफ्नो संसार परिकल्पना निर्माणको विषय समेटिएको बताउँछिन् । प्रत्येक महिलाहरुलाई चेतनाको जागृति गराउन जरुरी भएकै कारण महायुगमा स्वैरकल्पनाको सहारा लिएको उनको भनाइ थियो । सोही कारण धेरैले २ खण्डमा पुस्तक गर्न दिएको सुझावको अलवा २ खण्ड नै एकै पुस्तकमा समेटिएको उनले बताइन् ।
पुस्तकमार्फत देखाइएको नारीवाद र आध्यात्मको विषयमा लेखिका सीमा महिलाहरुलाई धर्म र आध्यात्मको विषयमा रहेर दवाइएको छ त्यहीबाट उठाउनका लागि नारिवाद र आध्यात्म पुस्तकमा समेटिएको बताउँछिन् । ‘महिलाहरुलाई रजस्वला भएको बेला यो गर्न हुदैन् । यो गर्न सक्दैनस् भनेर जुन रुपमा दवाइएको छ । त्यो दबाइएकै कुराबाटै मन गर्न सक्छु भनेर किन नउठ्ने ? उनले भनिन्, ‘मैले महिलाकै कुरा उठाएको हुँ । हामीले अब जहाँबाट दबिएको हो । त्यहीबाट उठ्न पर्यो क्या ।’ धर्म सबै हामीलाई कन्ट्रोल गर्न बनेको उनको भनाइ छ । समग्रमा आफ्नो पछिल्लो पुस्तकमार्फत महिलाहरुको सम्मान पूर्वक अस्तित्व खोजिएको लेखिका बताउँछिन् ।









कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
मिस तामाङ पोखरा : प्रतियोगीहरूले देखाए प्रतिभा, माघ ३ मा ग्रान्ड फिनाले
फिजी टापुबाट ग्रामीण कथासम्मः निष्प्रभ सजीको ‘याली’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया