एनप्याब्सनको स्थापना दिवसमा विद्यार्थी/विद्यालय सम्मान

पोखरा । नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रम आयोजना गरी आइतबार २७ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एसइई २०८१ मा शतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एसइई २०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मान, एसइईमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मान दीर्घ सेवा पदक सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाले यस वर्ष शिक्षा/साहित्यसेवा सम्मान २०८२ बाट वरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गरेको छ । कोइरालालाई नेसनल प्याब्सनका संस्थापक अध्यक्ष वसन्तबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली र कास्की अध्यक्ष हेमन्त अधिकारीले नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित सम्मान गरेका थिए।
स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान गरिएको छ । यसरी सम्मानित हुने विद्यालयमा न्यू लिटिल स्टेप सेकेन्डरी स्कुल २०५७, नेसनल क्रियसन एकेडेमी २०६३, ओम एकेडेमी २०६३ र पिक एभरेस्ट बोर्डिङ स्कुल २०६४ छन् । एसइई २०८१ मा शतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू अञ्जुली आवासीय मावि, बाल प्रतिभा बोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेन्डरी स्कुल, लाविन रेसिडेन्सियल स्कुल, नेसनल व्रिmयसन एकेडेमी, पुष्प सदन एकेडेमी कास्की, रत्नज्योति मावि र युनिभर्स बोर्डिङ स्कुललाई सम्मान गरिएको छ ।
एसएलसी २०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मानमा आशीष गौतम, कास्की मोर्डनाइज्ड एकेडेमी, ३.८५ जिपिए, अलिशा पुन, त्रिवेणी पब्लिक मावि, ३.७८ जिपिए ल्याउने विद्यार्थीलाई नगद १०/१० हजारसहित सम्मान गरिएको थियो । एसइई परीक्षा २०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मानमा ४ जिपिए ल्याउने दिप्सन घर्ती (कास्की मोर्डनाइज्ड एकेडेमी), नितेश थापा (कास्की मोर्डनाइज्ड एकेडेमी), सुस्मा खत्री (बड्स एकेडेमी), नितु भण्डारी (बड्स एकेडेमी), कृतिका विक (लाविन रेसिडेन्सियल स्कुल) लाई जनही नगद ५० हजार र सम्मान पत्रले सम्मान गरिएको छ ।
दीर्घ सेवा पदक सम्मान २०८२ बाट सम्मानित हुनेमा बगमारा एकेडेमिक गार्डेन पोखरा ३३ का शिक्षक विष्णुकुमारी अधिकारी, बड्स एकेडेमी पोखरा ६ की शिक्षक गीतादेवी डुम्रे, गोर्खा बोर्डिङ स्कुल पोखरा १६ की शिक्षक दीपा थापा, ज्ञानज्योति बोर्डिङ स्कुल माछापुच्छ«े ४ का शिक्षक दुर्गा अधिकारी, ज्ञानज्योति विद्याकुञ्ज मावि पोखरा ३२ कास्कीका शिक्षक मित्रबन्धु सुवेदी छन् ।
हेमजा बोर्डिङ स्कुल पोखरा २५ कास्कीका शिक्षक रीता देवकोटा पौडेल र कर्मचारी चेतबहादुर कुँवर, कान्तिपुर एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी पोखरा १४ चाउथेका कर्मचारी विजय लामा, कास्की मोडर्नाइज्ड एकेडेमी पोखरा १४ चाउथेका शिक्षक गंगा आले र कर्मचारी विमाया माझकोटी, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पोखरा २७ का शिक्षक पुनम थापा, न्यु लेखनाथ पब्लिक एकेडेमी पोखरा ३० कास्कीका शिक्षक इन्दिरा सुवेदी र कृष्ण तिवारी, ओम एकेडेमी पोखरा १७ कास्कीका शिक्षक विष्णुमाया सुनार, शान्ति थापा र कर्मचारी अमृत विक छन् ।
पिक एभरेस्ट बोर्डिङ स्कुल माछापुच्छ्रेका शिक्षक पार्वती भण्डारी गौतम, पुष्पा रिमाल आचार्य, पायोनियर इङ्लिस एकेडेमी पोखरा १५ का शिक्षक रोशनी गुरुङ, पुष्प सदन एकेडेमी पोखरा १२ का शिक्षक अजय थापा र मञ्जु पहारी थापा, सागर मेमोरियल बोर्डिङ स्कुल माछापुच्छ्रे ३, कास्कीका शिक्षक वेदकुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ, लेखापाल सीतादेवी श्रेष्ठ छन् ।
शान्ति बाटिका बोर्डिङ स्कुल पोखरा ३२ का शिक्षक राजबन्धु बस्नेत, मिठु मल्ल, शोभा श्रेष्ठ, लेखापाल पुष्पाकुमारी थापा, कर्मचारी ईन्द्रकुमार श्रेष्ठ, सनराइज प्रिपारोटरी स्कुल पोखरा २४ का शिक्षक लोकनाथ लामिछाने, दुर्गा भण्डारी पराजुली, त्रिवेणी पब्लिक मावि पोखरा २७ का शिक्षक खगराज धमला, कर्मचारी रिता पुर्जा र रत्नज्योति मावि पोखरा ८ का शिक्षक शारदाकुमारी पौडेल छन् ।
कार्यक्रममा नेसनल प्याब्सनका संस्थापक अध्यक्ष वसन्तबहादुर श्रेष्ठले एनप्याब्सनले गर्ने हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए । सम्मानित व्यक्तित्व अग्रज गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले पवित्र संस्थाबाट सम्मानित हुन पाएको भन्दै खुसी व्यक्त गरिन् । शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त, प्रतिस्पर्धी, जीवन जिउन सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली, प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, प्याब्सियु केन्द्रीय कार्यसमिति अध्यक्ष शिवलाल उपाध्याय, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पुनम थापा, एनप्याब्सन कास्की उपाध्यक्ष मनकाजी गुरुङ र सचिव प्रेमराज अधिकारीले बोलेका थिए । कार्यक्रम नेसनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले गरेका थिए ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया