कोन सहकारीको कार्यक्रममा ५९ युनिट रगत संकलन

समाधान संवाददाता २०८२ पुष २७ गते १७:३४

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ भद्रकाली चोकस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार खुला रक्तदान आयोजना गरेको छ ।

Advertisement

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीको २७ औं वार्षिकोत्सवको अवसर पारी गरिएको उक्त कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष तीर्थबहादुर बस्नेतले पहिलो रक्तदाता संस्थाका साधारण सदस्य राजु भट्टलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम सुरुआत गरे । सो अवसरमा निवर्तमान अध्यक्ष बस्नेतले स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार र आवश्यक पर्दा स्वेच्छिक रक्तदान अत्यन्तै उपयोगी हुने बताए ।

Advertisement

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा आकस्मिक रक्तदान युनिट पोखराका व्यवस्थापक हरिशचन्द्र शर्मा, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञावली लगायतले रक्तदानको महत्वबारे धारणा राखेका थिए । कार्यक्रममा कोन सहकारी सञ्चालक समितिका उपाध्यक्ष शान्तकुमार श्रेष्ठ, सदस्य शारदा सिग्देल पराजुली र सञ्चालन सञ्चालक समिति सदस्य खड्गबहादुर गुरुङ (खुशीमान)ले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया