पोखरा महोत्सवको तयारी पुरा

समाधान संवाददाता २०८२ पुष २७ गते १७:५७

पाेखरा । युनाइटेड क्लवको आयोजनामा हुन लागेको १४ओं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव पुसको २९ गतेदेखि माघको ११ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा २ सय ५० स्टल रहने छन् भने महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको कार्यक्रमका संयोजक दिनेश सुनारले बताए ।

Advertisement


महोत्सवमा टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सकिनेछन् ।


युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ स्थापना गरिएको क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ । क्लवले २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । पोखरामा खुल्ला चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार सहयोग गरेको छ ।

Advertisement


आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्रावास सञ्चालनमा ल्याइने गरि पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास निर्माण गर्न लागिएको छ ।


महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १ टनको पेटर एसी, दाेस्राे भाग्यशाली उपभोक्तालाई १५ लि भिक्ट्री वाटर डिस्पेन्सर मोनाको गिजर, तेश्राे भाग्यशाली उपभोक्तालाई बेटर बेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कल्ससाेलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्न सक्नेछन्।

Advertisement


बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा. लि. ले पोखरा महोत्सवमा प्रत्येक दिन २ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ । निजन लिक एजुकेशन कन्सल्टेन्सी प्रा लि ले महोत्सवमा राखिने स्टलमा भनां हुने विद्यार्थीहरुलाई भाषा कक्षामा १० प्रतिशत छूटर गिफर ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्नेछ ।


युमिङ पार्टनरमा रहेको ववि व्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर व्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छूट प्रदान गर्नेछ ।


पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फूड आइटममा १० प्रतिशत छुट पाउनेछन् । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट प्राथमिक उपचारको व्यवस्था गर्नेछ र कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ ।


महोत्सवमा रवि काकी, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले. शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाज दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने लाईन कन्सर्टतर्फ लाउरे, डी मचां, अनुप्रस्था, दुर्गेश चापा, लेकाली, एवाईजी, रक हेड्स, जेम्सी, सविन राई भिदेन र पर्पल सगै स्थानीय व्याण्डहरुको प्रस्तुती रहने छ ।


महोत्सवमा शारिरीक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, ५ वर्ष मुनिका बालवालिकालाई निशुल्क प्रवेश पाउनेछन् ।

तपाईको प्रतिक्रिया