प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

समाधान संवाददाता २०८२ पुष २८ गते ६:१६

Advertisement

काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ५२ दिन बाँकी छ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनका लागि आज (सोमबार) अपराह्न ४ बजेसम्मको समय तोकेको छ ।

आयोगका अनुसार दलहरूले गत पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले चाहेमा आज नाम फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जानकारी दिए ।

Advertisement

उम्मेदवारी फिर्ता लिन चाहने व्यक्तिले ‘प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । यदि सम्बन्धित उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।

कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया