सक्षम सहकारीको सभा

पोखरा । सक्षम बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा आइतवार भयो । सभामा संस्थाका संस्थापक अध्यक्ष ताराबहादुर घिमिरेले पछिल्लो समयमा विभिन्न सहकारीमा देखिँदै आएका विविध जटिलतालाई सञ्चालक समिति, सहकारीका सदस्य र नियमनकारी निकाय सबैको सक्रिय सहभागिताले मात्र सहकारीका जटिलतालाई चिर्दै अघि बढ्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष अर्जुन नागिलाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको चुक्ता पुँजी २ करोड १७ लाख १८ हजार ९ सय र निक्षेपतर्फ यस वर्ष ५ करोड २९ लाख ६० हजार ६ सय ५२ रुपयाँ रहेको बताए । उनले चालु आर्थिक वर्षमा मात्र ५ करोड ४१ लाख ६६ हजार ६ सय २३ रुपैयाँ ऋण लगानी गरेको सुनाए ।
संस्थाका कानुनी सल्लाहकार शुकदेव गौतमले केही सहकारी संस्थाले गलत काम गर्दा सबै सहकारी खराब हुन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व कृष्णप्रसाद पराजुलीले सबै सदस्यलाई आफ्नै सहकारीबाट आर्थिक कारोबार गर्न आग्रह गरे ।
कार्यक्रममा संस्थाका सचिव केशव गिरी, सेयर सदस्य शशिधर पराजुली, उपाध्यक्ष विष्णुदेवी पराजुली, सदस्य भरत नागिला, निवर्तमान अध्यक्ष विश्वामित्र सुवेदी लगायतले बोलेका थिए । कार्यक्रममा कृष्णप्रसाद पराजुलीलाई ज्येष्ठ सहकारी सदस्य सम्मान, लालबहादुर मगरलाई असल ऋणी तथा कारोबारी सम्मान, जुक्तिप्रसाद अर्याललाई असल बचतकर्ता सम्मान गरियो ।
संस्थाले यष वर्ष सेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने स्मृति तिवारी, एलिना नागिला, आदित्य सापकोटा, स्वस्तिका अधिकारी, प्रतीक यादव, कुवीजा भट्टराई, विराज सापकोटा, सुयोग गौतम, प्रिष्का कँडेल, आयुष ढुंगाना पुरस्कृत भए । यो सहकारीमा २ सय ५० सेयर सदस्य छन् ।
संस्थाका कोषाध्यक्ष चित्रबहादुर श्रेष्ठको कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक रामजी थापाको लेखा समितिको प्रतिवेदन र अध्यक्षको प्रतिवेदन सभाले पारित गरेको छ ।









चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया