महामन्त्री शर्माद्वारा विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस- पूर्णपाठ

पाेखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो सांगठनिक प्रतिवेदन पेस गरेका छन् । उनले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ नाम दिएर पार्टी रूपान्तरणको खाका प्रस्तुत गरेका हुन् । महामन्त्री शर्माले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने प्रस्ताव बन्दसत्रमा राखेका हुन् ।
बन्दसत्रमा अर्का महामन्त्री गगन थापाले राजनीतिक र नीति सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा देशको परिवर्तित अवस्था र त्यस अनुसार कांग्रेसले अपनाउनुपर्ने नवीन बाटोका बारेमा विस्तृत रूपमा उल्लेख गरिएको छ । सुशासन र समुन्नत यात्राका लागि पार्टीको संरचनामा सुधार र आन्तरिक लोकतन्त्रको सुदृढीकरण आवश्यक रहेको उनले बताएका छन् । महामन्त्रीद्वयले प्रस्तुत गर्ने यी प्रतिवेदनहरूमाथि महाधिवेशन प्रतिनिधिहरूले विभिन्न समूहमा बाँडिएर छलफल गर्ने र त्यसबाट प्राप्त सुझावका आधारमा आगामी कार्यदिशा तय गरिने छ ।
यो विशेष महाधिवेशनले पार्टीभित्रको नीतिगत अन्योल चिर्ने र आगामी निर्वाचनका लागि बलियो आधार तयार गर्ने विश्वास प्रतिनिधिहरूले लिएका छन् । महामन्त्री शर्माले आफ्नो प्रतिवेदनमा पार्टीका हरेक तह र तप्कालाई सुशासनको मूल्य मान्यतामा ढाल्नुपर्नेमा जोड दिएका छन् । उनले बदलिएको देशको आकांक्षा पुरा गर्न कांग्रेसले आफूलाई बदल्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गरे ।








चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया