निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित

समाधान संवाददाता २०८२ पुष २८ गते १३:४५

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने दाबी गरेका छन् । सोमबार विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले विधान र संविधानका आधारमा यो अधिवेशन पूर्ण रूपमा वैधानिक रहेको बताएका हुन् । थापाले पार्टीको विधान निर्वाचन आयोगबाट प्रमाणित भइसकेकाले कानुनी रूपमा कसैले प्रश्न उठाउन नसक्ने जिकिर गरे ।

Advertisement

बन्दसत्रलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशनको आवश्यकता र यसको वैधानिकताका बारेमा आफ्नो प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरेको जानकारी दिए । ‘राजनीतिक दल सम्बन्धी प्रावधान भएको संविधान हाम्रो पनि हो र संविधानभन्दा माथि केही पनि छैन,’ उनले भने, ‘हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएको दस्तावेज हो । आज कसैले कानुनी प्रश्न उठायो भने पनि निर्वाचन आयोगले हाम्रो विशेष अधिवेशनलाई १, २, ३ भन्दै अवैधानिक घोषणा गर्नै सक्दैन, यसमा ढुक्क भएर बस्नुस् ।’

उनले विशेष महाधिवेशनका लागि आवश्यक वैधानिक प्रावधानहरू पुरा गरिएको भन्दै यसले पार्टीलाई नयाँ गति दिने विश्वास व्यक्त गरे । थापाले आफ्नो प्रतिवेदनमा पार्टीको आन्तरिक लोकतन्त्र र कानुनी आधारका बारेमा प्रतिनिधिहरूलाई स्पष्ट पारेका छन् । निर्वाचन आयोगको नियम र देशको मूल कानुन अनुसार नै यो प्रक्रिया अगाडि बढेकाले यसमा कुनै संशय राख्नुपर्ने ठाउँ नरहेको उनको तर्क थियो ।

Advertisement

तपाईको प्रतिक्रिया