म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

समाधान संवाददाता २०८२ पुष २८ गते १५:३४

पोखरा । म्याग्दीको मालिका गाउँपालिकामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। मालिका गाउँपालिका-२ साले बस्ने ५० वर्षीय फरम बिकलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो।

Advertisement

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको टोलीले बिकलाई घरैबाट पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप विवरण संकलन गर्ने र कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको जानकारी दिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया