पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड

समाधान संवाददाता २०८२ पुष २८ गते १६:३४

पोखरा । पोखराबेशी बहुद्देश्यीय सहकारी संस्था, पोखरा–२, बाग्लुङ बसपार्कको शनिबार ७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ.व ८१/८२मा ४ करोड ९६ लाख २२ हजार ५ सय ७५ रुपैयाँ निक्षेप सङ्कलन गर्ने सफल भएको छ । २ करोड ८९ लाख ६० हजार ७ सय शेयर पुँजी रहेको सहकारीले ६ करोड ७० लाख ८५ हजार ९१ रुपैया कर्जा लगानी गरेको छ ।

Advertisement

वार्षिक साधारणसभा अवसरमा संस्थाका अध्यक्ष नारायण पहारीले सहकारीको आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा जनाएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–६का निर्वतमान वडाअध्यक्ष तथा सल्लाहकार जगत बहादुर पहारीले कार्यक्रमको उद्घाटन गर्दै सहकारीले वित्तीय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शङ्का नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यलाई आग्रह गरे । सेयर सदस्यहरूको सहकार्य नै सहकारी भएको उनको भनाइ थियो । उनले सबै सेयर सदस्यले आफ्नै सहकारीमा कारोबार गर्नुपर्ने धारणा राखे ।


सल्लाहकार तथा सेयर सदस्य गोविन्दराज पहारीले संस्थाका गतिविधिमा शेयर सदस्यहरूले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले सहकारीले लगानी गर्दा सहकारीले ऐनकानुनको पालना गरी अगाडि वढ्नु पर्ने बताए ।

Advertisement

चेतना बचत तथा ऋण सहकारी संस्था बैदामका अध्यक्ष प्रशुराम पहारीले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । सहकारी संस्था र सेयर सदस्यको सम्बन्ध नङ र मासुको जस्तै गरि अगाडि बढेमा सहकारीमा समस्या नआउने बताए ।
शेयर सदस्य चुडामणि पहारीले गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा अगाडि बढाउने गरि गृहकार्यमा लाग्न आग्रह गरे ।

सभामा अध्यक्ष नारायण पहारीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव दुर्गादत्त अधिकारीले पेस गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सनोज पहारीले प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक प्रेमराज पहारीले प्रस्तुत गरेको प्रतिवेदन सभाले सुझावसहित पारित गरेको छ ।
सहकारी अध्यक्ष पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यसमिति सदस्य रिता नापित र सात सिद्धान्त वाचन कार्यसमिति सदस्य लिलावती अधिकारी कोइराला ले गरिन् ।
सो अवसरमा असल बचतकर्ता तर्फ कुसुम बहादुर शाही, असल कारोबारी तर्फ विष्णु गौतम र उत्कृष्ट कर्मचारी प्रतिमा तमाङ्ग सम्मान गरिएको थियो ।

Advertisement

सो अवसरमा सहकारीको रिक्त रहेकोका उपाध्यक्ष र कार्यसमिति सदस्य पदमा क्रमश रिता नापित लाई उपाध्यक्षमा र सदस्यमा ममता पराजुलीका साथै लेखा समितिको रिक्त सदस्य पदमा सुशीला पौडेल पहारी र तेज प्रसाद तिमिल्सिनालाई मनोनित गरिएको निर्वाचन मण्डलका संयोजक कृष्ण तिमिल्सीनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया