गोगन माविको वार्षिकोत्सव

पोखरा । पोखरा ३२ स्थित गोगन माध्यमिक विद्यालयले आइतबार आफ्नो ५८ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित विशेष समारोहको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै आचार्यले महानगरले गोगन माविको व्यवस्थापनका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
महानगर प्रमुख आचार्यले सरकारले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य भने पनि व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए । उनले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि महानगरबाट ३ जना स्थायी दरबन्दी (प्रावि २ र मावि १) का साथै १ जना स्टाफ नर्सको व्यवस्था गरिएको उल्लेख गरे ।
सीमित सरकारी सहयोग र अभिभावकको साथमा विद्यालयले गरिरहेको प्रयासको उनले प्रशंसा समेत गरे । विद्यार्थी जीवनमा अनुशासनको ठुलो महत्त्व हुने भन्दै उनले शिक्षकहरूलाई विद्यार्थीको रुचि र क्षमता अनुसार शिक्षण सिकाइ प्रक्रिया अघि बढाउन आग्रह गरे ।
समारोहमा पोखराको पूर्वाधार विकासका बारेमा जानकारी दिँदै आचार्यले सातमुहाने देखि फेदीसम्मको सडक निर्माण र लामेआहालमा प्रस्तावित क्षेत्रीय बसपार्कको काम पक्का भएको बताए । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा क्षेत्रीय बसपार्क ३ वर्षभित्र निर्माण हुने सुनिश्चित भइसकेको उनले जानकारी दिए ।
सोही अवसरमा विसं २०२६ देखि २०५० सालसम्म कार्यरत भूतपूर्व प्रधानाध्यापक, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष, सदस्य, शिक्षक र कर्मचारीहरूलाई प्रमुख अतिथिले सम्मान गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद बरालले वार्षिक प्रगति प्रतिवेदन, भावी कार्ययोजना तथा आयव्यय विवरण प्रस्तुत गरे । उनले विद्यालयको शैक्षिकस्तर उकास्न गरिएका प्रयास र चुनौतीका बारेमा जानकारी गराए ।
कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीका साथै विविध सांस्कृतिक कलाहरू समेत प्रदर्शन गरेका थिए । समारोहमा फेसबुक, मेसेन्जर र ह्वाट्सएप जस्ता सामाजिक संजाल मार्फत समेत विद्यालयका गतिविधिहरु प्रचारप्रसार गरिएको थियो ।
वडाध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहप्रधानाध्यापक चन्द्रा थापा, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी प्रतिनिधि रिदीमा सापकोटा र दिप्ती थापा लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले गरेका थिए ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया