१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा

समाधान संवाददाता २०८२ पुष २८ गते १८:३७


पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८२ आगामी वैशाख १८ गते आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले अवार्ड समारोहको मिति तय गरेको हो । यस समारोह मार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक, खेलकुद संस्था र पत्रकारहरूलाई विभिन्न ७ विधामा पुरस्कृत गरिने मञ्चले जनाएको छ ।

Advertisement

अवार्डका विधाहरूमा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट उदयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब वा संस्था र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड रहेका छन् । अवार्डको नवौँ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेकाले १० औँ संस्करणलाई सरोकारवाला सबैको साथ र सहयोगमा थप भव्य बनाइने अध्यक्ष आस्था मगरले बताए । उनले यस पटकको अवार्ड समारोहमा पोखरा महानगरपालिका र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोग रहने जानकारी दिए ।

मञ्चले खेलकुद र पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्न यो अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ । गण्डकी प्रदेशभित्र रहेर खेल क्षेत्रमा क्रियाशील प्रतिभाहरूको पहिचान र सम्मानका लागि यो कार्यक्रम कोसेढुंगा सावित हुने आयोजकको भनाइ छ । मञ्चले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने र तयारीका कामहरूलाई तीव्र पार्ने निर्णय समेत गरेको छ । यस समारोहले गण्डकी प्रदेशको खेलकुद प्रवर्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया