मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई

पोखरा । पोखरामा सम्पन्न ‘मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि निश्चल सुनार र स्वेच्छा विकले जितेका छन् । बि ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरूले उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा संगिता ल्वागुन फस्ट रनरअप र संगिता सुनार सेकेन्ड रनरअप घोषित भए । त्यस्तै, बिबिसा विश्वकर्माले ‘अर्गनाइजर च्वाइस अवार्ड’ प्राप्त गरिन् । विजेताहरूले उपाधिसँगै ‘मिस्टर एन्ड मिस विश्वकर्मा राष्ट्रिय प्रतियोगिता’ मा सिधै सहभागिता जनाउने अवसर, नगद पुरस्कार र आकर्षक उपहार प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वकर्मा समुदाय ऐतिहासिक रूपमा सीप, कला र श्रमसँग जोडिएको बताए । उनले यस्ता कार्यक्रमले समुदायको आत्मसम्मान र पहिचान मजबुत बनाउने धारणा राखे । विशेष अतिथि गायक प्रकाश सपुतले विश्वकर्मा समुदायको संघर्ष र प्रतिभाको प्रशंसा गर्दै विजेतालाई शुभकामना दिए ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विश्वकर्मा समुदायको मौलिक पोसाक सार्वजनिक गरिएको थियो । विश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको निर्णायकमा डिजाइनर अमित बराल, सामाजिक अभियन्ता सारिका गुरुङ, ‘मिस्टर एन्ड मिस विश्वकर्मा नेसनल सिजन–४’ का विजेता शौरव विश्वकर्मा र डिजाइनर शुष्मा गुरुङ रहेका थिए । उनीहरूले सहभागीको व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास र सामाजिक दृष्टिकोणका आधारमा मूल्यांकन गरेका थिए । कार्यक्रममा मञ्जु विक, बिपास सुनार र समिर रामदामले सांगीतिक प्रस्तुति दिएका थिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया