स्टक ब्रोकर्स एसोसियसनको सभा
पोखरा । स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको ३१ औं वार्षिक साधारण सभाले ब्रोकर्स सापटी कोष सञ्चालन गर्ने कार्यविधि सर्वसम्मत पारित गरेको छ । एसोसियसनले अहिलेको अवस्थामा कुनै पनि ब्रोकर्सलाई सहजताको लागि ५० लाख रुपैयाँसम्म सापटी दिन सकिने कार्यविधि बनाइएको छ ।
५ दिनका लागि ब्रोकरलाई सेटलमेन्ट गर्न ५० लाख दिने कार्यविधि बनाइए पनि साधारण सभाले ३ दिनको लागि दिनुपर्ने सुझाव दिएको छ । सुझावलाई समेटेर समितिले परिमार्जन गरी कार्यविधिलाई पूर्णत दिइने एसोसियसनले जनाएको छ ।
‘एसोसियसनको कोषमा २ करोड रुपैयाँ छ । यो रकम ५ दिनका लागि ५० लाख ब्रोकरलाई सेटलमेन्ट गर्न सापटी दिने कार्यविधिलाई अनुमोदन गरिएको छ,’ महासचिव भक्तिराम घिमिरेले भने, ‘साधारण सभामा ५ दिनबाट घटाई ३ दिनका लागि दिनुपर्ने सुझाव पेश गर्नुभएको छ ।सुझाव अनुसार कार्यविधि परिमार्जन गरी अनुमोदन गरिनेछ ।’
सापटी दिने कार्यविधि अनुमोदन भइसकेको छ । सापटी कोषलाई एउटा ब्रोकरले १ महिनामा ३ पटकमात्रै चलाउने पाउने व्यवस्था कार्यविधिमा समेटिएको छ । १ महिनाभन्दा बढी समय चलाउन नपाउने गरी सापटी कोष ब्रोकरलाई दिने व्यवस्था छ । संस्थाले सापटी कोषको आवश्यक कार्यविधि नबनाउँदा ब्रोकरहरुले एकापसमा सापटी लिई कारोबार गर्दै आएका थिए ।
ब्रोकर सेटलमेन्ट गर्न तीनको लागि ५० लाखको सापटी कोष कार्यविधि अनुमोदन
२०८१/८२ मा २१ खर्ब बराबरको आर्थिक कारोबार भएको सार्वजनिक भएको छ । पोखरामा शनिबार आयोजित ३१ औं वार्षिक साधारणसभामा अघिल्लो वर्षको तुलनामा कारोबार उल्लेख्य वृद्धि भए पनि चालु आर्थिक वर्षमा भने सन्तुष्ट हुने अवस्था नभएको गुनासो व्यवसायीको थियो । आर्थिक वर्षमा आर्थिक कारोबार उत्साहजनक रहे पनि यो आर्थिक वर्षको पछिल्लो ६ महिनाको कारोबार सन्तोषजनक हुन नसकेको गुनासो उनीहरुले गरे ।
उपत्यका बाहिर पहिलो पटक पोखरामा आयोजित एसोसियसनको साधारण सभामा आर्थिक वर्ष ०८०/०८१ मा ७ खर्बमात्रै कारोबार भएको उल्लेख गरिएको छ । आर्थिक वर्षको सुरुवातको दोस्रो महिना भदौ २४ र २५ मा भएको जेनजी आन्दोलनले आर्थिक कारोबार खस्किएको थियो । कार्यालय व्यवस्थापक अर्जुन तिमिल्सिनाका अनुसार लगानीकर्ताको मनोबल खस्किएकाले पनि पँुजी बजारमा समस्या भएको छ ।
उनले राजनीतिक अस्थिरता, चुनावपछि बन्ने सरकारले पुँजीबजार प्रभावित हुने गरेको जिकिर गरे । साधारणसभाले कोषाध्यक्ष मदन पौडेलको आर्थिक प्रतिवेदन पास गरेको छ । ब्रोकर नं १४ पोखराका प्रमुख गोकुल रिमालले स्वागत गरेको साधारण सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख चिरञ्जीवी चापागाईं लगायतको उपस्थिति थियो ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया