नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत

पोखरा । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा प्रवीण कँडेल सर्वसम्मत चयन भएका छन् । सोमबार पोखरामा सम्पन्न एसोसिएसनको साधारण सभाले कँडेलको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शान्तिकुमारी सिग्देल, सचिवमा निर्मल भण्डारी र कोषाध्यक्षमा सन्तोष बजगाईं चयन भएका छन् । सदस्यमा आनन्द बजगाईं चुनिएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्षका रूपमा शिवहरि आचार्य रहनेछन् । बाँकी दुई सदस्य पछि मनोनीत गरिने एसोसिएसनले जनाएको छ ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय सल्लाहकार सुरेशबहादुर श्रेष्ठले गण्डकी प्रदेशमा दुग्ध उद्योगको प्रवर्द्धन र किसान तथा उद्योगीबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । अर्का सल्लाहकार ज्ञानेन्द्र बजगाईंले नवनिर्वाचित टोलीलाई शुभकामना दिँदै संस्थाको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निवर्तमान अध्यक्ष शिवहरि आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य राम बराललगायतको उपस्थिति थियो । कार्यक्रमको समापन गर्दै आचार्यले आगामी माघ ६ र ७ गते हुने एसोसिएसनको केन्द्रीय महाधिवेशनमा सहभागी हुन सबै सदस्यलाई आह्वान गरे । साधारण सभाले प्रदेशस्तरमा दुग्ध क्षेत्रका साझा समस्या समाधान गर्न र संस्थालाई थप सशक्त बनाउने संकल्प गरेको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया