मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता

पोखरा ।
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकी सिजन ३ मा मिस्टर बिश्वकर्मातर्फ निश्चल सुनार र मिस विश्वकर्मातर्फ स्वेच्छा विक विजेता भएका छन् । विश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यले बि ब्रोज इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गरेको हो ।
सो समुदायभित्र रहेका युवायुवतीको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक चेतनालाई केन्द्रमा राखी कार्यक्रम गरिएको हो । प्रतियोगितामा फस्ट रनरअप तर्फ संगिता ल्वागुन, सेकेन्ड रनरअप तर्फ संगिता सुनार तथा अर्गनाइजर च्वाइस अवार्ड बिबिसा बिश्वकर्मा भए ।
विजेताले मिस्टर एन्ड मिस विश्वकर्मा राष्ट्रिय प्रतियोगितामा सिधै सहभागिता जनाउने अवसर, नगद पुरस्कारसहित आकर्षक उपहारहरू प्राप्त गरेका छन् । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विश्वकर्मा समुदाय ऐतिहासिक रूपमा सीप, कला र श्रमसँग जोडिएको समुदाय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको आत्मसम्मान र पहिचान मजबुत बनाउने बताए ।
गायक प्रकाश सपुतले विजेता तथा सहभागीलाई शुभकामना दिँदै विश्वकर्मा समुदायको संघर्ष, प्रतिभा र सम्भावनाको प्रशंसा गरे । प्रतियोगिताको निर्णायकको भूमिकामा डिजाइनर अमित बराल, सामाजिक अभियन्ता सारिका गुरुङ, मिस्टर एन्ड मिस विश्वकर्मा नेसनल सिजन ४ का विजेता शौरव बिश्वकर्मा तथा डिजाइनर शुष्मा गुरुङ थिए । कार्यक्रममा मञ्जु विक, विपास सुनार र समिर रामदामले प्रस्तुति दिएका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया