मेल्भिन जोन्सको जन्मजयन्तीमा लायन्सद्वारा कोपिला नेपाललाई खाद्यान्न सहयोग

समाधान संवाददाता २०८२ पुष ३० गते ६:५१

Advertisement

पोखरा । लायन्स इन्टरनेसनलका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीका अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालले खाद्यान्न सहयोग गरेको छ । डिस्ट्रिक्टले मंगलबार पोखराको बुलाौंदीस्थित ‘कोपिला नेपाल’ नामक संस्थालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

बालबालिका, महिला र मनोसामाजिक समस्या भएका व्यक्तिहरूको संरक्षणमा सक्रिय कोपिला नेपालको कार्यालयमै पुगेर लायन्सकर्मीहरूले सहयोग उपलब्ध गराएका हुन् । वितरण गरिएको खाद्यान्नका लागि कार्यक्रममा उपस्थित सहभागीहरूबाटै स्वस्फूर्त रूपमा रकम संकलन गरिएको थियो ।

Advertisement

डिस्ट्रिक्ट ३२५ के नेपालका को–चिफ एडभाइजर होमविलास सापकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा पिएमसिसी एवं एमडी कोअर्डिनेटर दीपक श्रेष्ठ, पूर्वगभर्नर राजेन्द्रकुमार बाटाजु, डिस्ट्रिक्ट कोषाध्यक्ष रामकुमार लामिछाने, डिस्ट्रिक्ट आइडल चिफ मदनकुमार मुल्मी लगायत लायन्स सदस्यहरूको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया