माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

समाधान संवाददाता २०८२ पुष ३० गते ११:५९

काठमाडौं । विश्वकै अग्रणी स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले भारतको मुम्बईस्थित वानखेडे रंगशालामा आयोजना हुने आइसिसी टी २० विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजना अन्तर्गत पहिलो चरणका विजेता सार्वजनिक गरेको छ ।

Advertisement


उपभोक्तालाई अत्याधुनिक घरेलु प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको किन्नुहोस्, जित्नुहोस्, उड्नुहोस् अभियान अन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।


पहिलो चरणका विजेता दिवस लामिछाने हुन् । उनले सिजी डिजिटल काठमाडौंबाट माइडिया ब्रान्डको बिजुलीबाट चल्ने केत्तली खरिद गरी उक्त अभियानमा सहभागिता जनाएका थिए । यस योजना अन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित ऐतिहासिक वानखेडे रंगशालामा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्ने छन् ।

Advertisement


यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, खेलको टिकट तथा आवश्यक सम्पूर्ण खर्च माइडिया नेपालले नै व्यहोर्ने जानकारी दिएको छ । अभियान अन्तर्गत माइडियाले उपभोक्ताका लागि आकर्षक सुविधा तथा उपहार पनि उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार नागरिकताको आधारमा सरल किस्ताबन्दी सुविधा, पुरानो सामान साटेर नयाँ किन्न सकिने साटफेर सुविधा, तथा कपडा धुने मेसिन खरिद गर्दा ’एरियल’ साबुन पाउडर निःशुल्क उपलब्ध गराइएको छ ।

Advertisement


सीमित अवधिका लागि सञ्चालन गरिएको यस योजनामा अझै थुप्रै विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालमा सचालन हुँदै आएको माइडिया ब्रान्डले कपडा धुने मेसिन, फ्रिज, धुलो तान्ने मेसिन, चिम्नी, ओभन लगायतका घरेलु उपकरण उत्पादनमार्फत उपभोक्तामाझ बलियो विश्वास कायम गर्दै आएको छ । आधुनिक प्रविधि, गुणस्तर र सेवा संजालका कारण माइडियाका यी उत्पादन नेपाली बजारमा लोकप्रिय बन्दै गएको छन् ।

तपाईको प्रतिक्रिया