तिब्बती शरणार्थी नागरिकता प्रकरणः ४ जनाको बयान सकियो

समाधान संवाददाता
पोखरा
नागरिकता प्रकरणमा मुछिएका पोखरा – १८ का वडाध्यक्ष, तिब्बती युवतीसहित १४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा दायर मुद्दामा बुधबार बयान सुरु भएको छ ।
पोखरा– १८ सराङकोट निवासी लेखबहादुर थापाले हेमजाको तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका आफ्ना २ नातिनीलाई छोरी बनाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता उपलब्ध गराएको प्रकरणमा मुछिएकामध्ये बुधबार ४ जनाको बयान भएको छ । बाबु बनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगर र वडाध्यक्ष रणबहादुर थापाको बुधबार बयान लिएको अदालतले जनाएको छ । बाँकी १० जनाको बिहीबार हुनेछ । बयान सकिए लगतै बुधबार नै थुनछेक बहस हुनेछ ।
बाबु बनेर सनाखत गर्ने लेखबहादुर, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगर, सर्जमिन मुचुल्कामा दस्तखत गर्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर विरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मंगलबार मुद्दा दर्ता भएको हो ।
पोखरा १८ का अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायब सुब्बा डाँसीराम लामिछाने, खरीदार परशुराम पौडेल र रामचन्द्र थापा विरुद्धसमेत कास्की जिल्ला अदालतमा मुद्दा दर्र्ता भएको थियो ।
जेठ २६ गते र असार ६ गते जारी भएका २ नागरिकता भने जिल्ला प्रशासन कार्यालयले यसअघि नै खारेज गरिसकेको छ । राष्ट्रप्रेमी नेपाली समूहले उजुरी दिएपछि तत्कालीन सिडिओ चक्रबहादुर बुढाले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएका हुन् । तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीलाई नागरिकता दिलाउन लेखबहादुरले झुठो विवरण पेस गरेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया