१ सय ३७ युनिट रगत संकलन

पोखरा । रगत अभावको विशेष परिस्थितिलाई मध्यनजर गर्दै लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले शुक्रबार खुला रक्तदान कार्यक्रम गरेको छ । पोखराको महेन्द्रपुलमा भएको कार्यक्रममा १ सय ३७ युनिट रगत संकलन भएको क्लब अध्यक्ष लोकनाथ पौडेलले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले रक्तदान सुरुआत गरेका थिए । विपद् व्यवस्थापन, मानवीय सेवामा क्रियाशील रेडक्रसले रक्त सञ्चार सेवाको क्षेत्रमा समेत काम गरेको उनले बताए । पौडेलले लायन्स क्लब लगायत धेरै नियमित रक्तदाता संस्थाहरुले रेडक्रसको रक्त सञ्चार सेवाको अभिायानमा सहकार्य गरेको उल्लेख गरे ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम नेपालका फस्ट भाइस डिस्ट्रिक गभर्नर धनीराम बरालले लायन्स क्लबहरुले सामाजिक सेवाको क्षेत्रका अलवा नियमित रुपमा रक्तदान कार्यक्रमहरु गरेको जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका पूर्व अध्यक्षहरु उमानाथ बराल, निर्मलराज बराल, रिजन चियर पर्सन रविराज भुर्तेल, कार्यक्रम संयोजक सुमन थापा, लायन्स क्लबका ब्लड डोनेशन चिफ विष्णु सुवेदी लगायतले लायन्स क्लबले गर्दै आएको सामाजिक काम तथा रक्तदानबारे बोलेका थिए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया