तनहुँका विभिन्न ठाउँमा धमाधम पूर्वाधार निर्माण हुँदै
समाधान संवाददाता
२०८१ मंसिर २ गते १२:५५
तनहुँ ।
जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । उक्त कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार ती आयोजनाका लागि रु एक अर्ब ४० करोड ५९ लाख ८० हजार विनियोजन भएको छ ।
तनहुँको दासढुंगा शालिकराम करिडोर लोकगमार्गमा तीन वटा प्याकेजमा काम भइरहेको छ । जिल्लाको बैडीबाट देवघाटसम्मको साढे २१ किमी पहिलो प्याकेजअन्तर्गत काम जारी छ । दोस्रो प्याकेजमा १० किमी र तेस्रो १६ किमी निर्माण हुनेछ । रासस
सम्बन्धित









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया