राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडमा रोजगारीको अवसर, एकैपटक १६१ जना भन्दा बढी कर्मचारी माग
काठमाडौं, २ मंसिर । नेपालको कृषि क्षेत्रको विकासमा योगदान गर्ने उदेश्यले कृषि रुपान्तरण र किसान सशक्तीकरणका लागि स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारीहरुको लागी आवेदन माग गरेको छ ।
कामप्रति प्रतिबद्ध र तोकिएको योग्यता पुगेका व्यक्तिहरूले कम्पनीले माग गरेको पदमा आवेदन पेश गर्न अनुरोध गरेको छ । साथै कम्पनीले jobs.talentconnects.com वेबसाइट मार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था मिलाएको बताएको छ ।
बैदेशिक रोजगारीमा रहेका र फर्केका व्यक्तिहरुलाई लक्षित गर्दै २५ प्रतिशत आरक्षणको ब्यबस्था समेत गरिएको छ । इच्छुक उमेद्वारले २०८१ पौष १ गतेभित्र आवेदन पेश गरिसक्नु पर्नेेछ । कम्पनीका अनुसार आवेदन पेश गर्दा कुनै शुल्क लाग्ने छैन ।
कम्पनीले केन्द्रीय कार्यालय मध्यपुर थिमि भक्तपुर तथा देशका विभिन्न जिल्लामा संचालनमा आउन लागेका शाखा कार्यालयहरुका लागि फुल टाइम र पार्ट टाइम गरी १६१ जना भन्दा बढी कर्मचारीको लागि आवेदन माग गरेको राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष तथा कार्यकारी प्रमुख विशाल हुमागाईंले बताएका छन् ।










कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया