ग्रेस इन्टरनेसनल पोखराले ‘एडुभर्स २०२४’ गर्ने

पोखरा ।
नेपाली विद्यार्थीहरूलाई लक्ष्य गरी ग्रेस इन्टरनेसनल पोखराले मंसिर ६ गते महेन्द्रपुलको आफ्नो भवनमा ‘एडुभर्स २०२४’ शैक्षिक मेला गर्ने भएको छ । विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि ग्रेसइन्टरनेसनल ग्रुपले ‘एडुभर्स २०२४’ नेपालमा रहेका आफ्नो शाखाहरुमा सञ्चालन गर्दैछ ।
मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्युजिल्यान्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिने ग्रेसइन्टरनेसनल पोखराका संस्थापक निर्देशक प्रदीपकुमार लम्सालले जानकारी दिए ।
मेलामा विद्यार्थीहरूले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरू प्राप्त गर्न सक्ने उनको भनाइ छ । मेलामा आउने सबै विद्यार्थीहरुलाई मिडटाउन सिनेमाको ६ महिना अवधि भएको टिकट पनि उपलब्ध गराउने लम्सालले बताए ।
इटहरीबाट सुरु हुने मेला नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौं, १४ मा चितवन पर्सा, १५ मा नारायणघाट, १६ मा कावासोती नवलपुर, १७ माबुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ । यी प्रमुख सहरहरूमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य राखेको छ ।
विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेसनलका सद्भावना दूत दीपेन्द्रसिंह ऐरीले पनि अधिकांश सहरकामेलामा उपस्थिति जनाउने छन् । ऐरीको उपस्थिति र उनको प्रेरणादायी सम्बोधनले विद्यार्थीहरूलाई विदेश अध्ययनको लक्ष्यतर्फ प्रोत्साहित गर्नेअपेक्षा गरिएको छ ।
ग्रेस इन्टरनेसनलद्वारा आयोजित यो मेला विदेश अध्ययनका आकांक्षी विद्यार्थीहरूको करियर विकासमा विशेष अवसरका रूपमा प्रस्तुत गरिएको छ । विद्यार्थीहरूले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठितविश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिन पाउनेछन् । परामर्शदाता रविश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन् ।
आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई योअवसरको सदुपयोग गर्न आह्वान गरेको छ । मेलाले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा अझ स्पष्ट र योजनाबद्ध रूपमा अघि बढाउन मार्गनिर्देशन प्रदान गर्ने लम्सालले बताए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया