रविका व्यावसायिक साझेदार पूर्व डिआइजी जोशीको बयान सकियो, आजै पोखरा ल्याइने

पोखरा । काठमाडौैको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डिआइजी छविलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा लगेर जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् ।
उनीसँगको बयान सकिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । प्रहरीले उनलाई शुक्रबार नै पोखरा ल्याउने भएको छ । जोशीमाथि प्रहरीले पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । स्वर्णलक्ष्मीका ६ सय ४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।








त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया