मीनको ‘मनोकांक्षा’ मुक्तक सङ्ग्रह लोकार्पण

समाधान संवाददाता २०८१ मंसिर ९ गते १८:५३

काठमाडौं । नेपाली साहित्यमा अहिले मुक्तकको लोकप्रियता निकैे छ । छोटो, मिठो र चोटिलो विधा मुक्तकमा सबैको आकर्षण बढ्दो छ । मुक्तककार मीना चौलागाईंले मङ्सिर ८ गते शनिबार काठमाडौंमा आफ्नो दोस्रो मुक्तक कृति मनोकांक्षा ल्याउनु भएको छ ।

Advertisement

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतका अतिथिहरूले सो कृतिको पारिजातकक्षमा लोकार्पण गर्नु भयो । प्रमुख अतिथि कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने बताउनु भयो । मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्ने उहाँको भनाई थियो ।

मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न सक्षम रहेको राईले बताउनु भयो । प्राज्ञ डा. कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भयो । कृतिकारले मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको दाबी गर्नुभयो ।

समारोहमा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि- कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गाना कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गुर्न भएको थियो । लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन/तीनवटा मुक्तक वाचन गरेर सुनाउनु भएको थियो ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्षेषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मनतव्य दिनु भएको थियो । कृतिकार चौलागाईंले आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्धभएर लागेको र यो दोस्रोकृतिबाट थप जिम्मेवारी महसुस भएको जाकारी दिनु भयो । मनोकांक्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया