पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत

पोखरा । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । तोकिएको मितिभित्र १५ जनाको आवेदन परेकोमा ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको छ । कागजात नपुगेका ३ जनाको नाम अस्वीकृत भएको शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख वैकुण्ठप्रसाद अर्यालले बताए ।
प्राडा वेदराज केसी, प्राडा दीपकबहादुर भण्डारी, प्राडा ज्ञानेश्वर शर्मा, प्राडा विश्वराज अधिकारी, प्राडा केदारनाथ घिमिरे, प्राडा पुष्पराज शर्मा, प्राडा सरोज कोइराला, प्राडा निर्मला जम्मरकट्टेल, प्राडा विष्णुराज तिवारी, प्राडा विनयकुमार मिश्र, प्राडा टेकराज ज्ञवाली र प्राडा दीपकराज पौडेलको आवेदन स्वीकृत भएको हो ।
अब १२ जनमाध्येबाट सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्नेछ । छनोट सिफारिस समितिले २५ कात्तिकमा दरखास्त आह्वान गरेको थियो ।
उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने गरी सूचना प्रकाशित भएको थियो
पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्राडा प्रेमनारायण अर्यालको ४ वर्षे कार्यकाल सकिएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको हो ।
उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।










म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?
रवि लामिछाने रिहाइले ल्याएका तरंगहरु !
अविरल विस्तार हुँदै एआई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया